झडपपछि जहदा महोत्सव स्थगित

Published on

काठमाडौँ, कात्तिक ५

मोरङको जहदा गाउँपालिका–४ रामचोकमा जारी रहेको प्रथम जहदा महोत्सव झडपपछि स्थानीय प्रशासनले स्थगित गरेको छ।

बुधबार राति करिब १ बजे महोत्सवका आयोजकहरूबीच विवाद हुँदै कुटाकुट भएपछि यो निर्णय लिइएको हो। कटहरी–४ निवासी ३५ वर्षीय अनिलकुमार सहनी गम्भीर घाइते भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आजबाट मेला बन्द गर्ने निर्णय गरेको हो।

घाइते सहनीको टाउकोमा गहिरो चोट लागेको र हाल कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जानकारी अस्पताल स्रोतले दिएको छ।

यसअघि पनि लेटाङ महोत्सवमा जुवाजन्य खेल र मदिरा विक्रीका कारण झडप हुँदा मेला बन्द गर्नु परेको थियो। त्यसको अनुभवका आधारमा सुरक्षा निकायले जहदामा पनि मेला नगर्न सिफारिस गरे पनि गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह र प्रमुख प्रशासकीय अधिकृतको पत्रका आधारमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्वीकृति दिएका थिए।

तर प्रमुख जिल्ला अधिकारी यादवले स्वीकृति दवावमा दिएको भन्ने आरोप अस्वीकार गर्दै, “महोत्सवमा सहभागीहरूको स्वास्थ्य बीमा गरिएकाले मात्र अनुमति दिइएको” प्रतिक्रिया दिनुभयो।

प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मङ्गलबार मेला सकिएपछि आयोजकले मदिरा सेवन गर्दा विवाद भई झडप भएको हो। सुरक्षाकर्मीहरूले रोक्न खोजे पनि स्थिति नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...