गुण्डुमा ‘ओलीकुटी’ निर्माण हुने, स्थानीयको पहलमा नयाँ आवास बन्ने

Published on

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमतीका लागि भक्तपुरको गुण्डुमा नयाँ आवास निर्माण हुने भएको छ।

गुण्डुबासीको पहलमा बन्न लागेको सो आवासबारे जानकारी दिँदै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष ओली दम्पतीका लागि ‘ओलीकुटी’ निर्माण गर्ने निर्णय भएको बताए।

बस्नेतका अनुसार स्थानीयवासीहरूले आफ्नै पहलमा ‘ओलीकुटी’ निर्माण गर्ने संकल्प लिएका छन् र आफू उक्त निर्माण समितिको संयोजकका रूपमा रहनेछन्।

गत भदौ २४ गते ओलीको बालकोटस्थित निजी निवासमा जेनजी आन्दोलनका नाममा आगजनी भएको थियो। उक्त भवन राज्यको नाममा नामसारी गरिएको भए पनि त्यहाँ ओलीले जीवनभर सङ्कलन गरेका पुस्तक, उपहार तथा अमूल्य सामग्रीहरू रहेका थिए। आगजनीपछि ती सामग्री नष्ट भएको र केही लुटपाटसमेत भएको ओली दम्पतीको भनाइ छ।

महेश बस्नेतका अनुसार बालकोटमा जलेको घर पुनःनिर्माण नहुने र नयाँ आवास गुण्डुमा निर्माण गरिने भएको हो। ओली दम्पतीले बस्नेत र एमाले नेताहरूको साथमा हालै बालकोटस्थित जलेको घर अवलोकन पनि गरेका थिए।

‘ओलीकुटी’ निर्माणका लागि भवनको संरचना र स्वरूपबारे सुझाव सङ्कलन थालिएको बस्नेतले बताएका छन्।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...