विश्व पोलियो दिवस मनाइयो

Published on

काठमाडौं । विश्व पोलियो दिवस २०२५ का अवसरमा शुक्रवार भरतपुरमा जनचेतना र्याली निकालिएको छ । रोटरी र रोट्रयाक क्लब अफ नारायणी मिड टाउनको आयोजनामा सम्पन्न सो र्याली भरतपुरका विभिन्न क्षेत्र घुमेर चितवन विजनेश कम्प्पेलेसमा आई सम्पन्न भएको थियो ।

सो अवसरम भरतपुरका विभिन्न क्षेत्रमा  पोलियो उन्मूलनसम्बन्धी ब्यानरहरू राखी स्थानीय समुदायमा सचेतना फैलाइएको क्लवकी पूर्व अध्यक्ष छाया श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा रोटरी क्लबका अध्यक्ष प्रमेश्वर भण्डारीले पोलियो  उन्मुलन देश भए पनि अझै फाट्टफूट्ट रोगीहरु भेटिएको बताउनुभयो । भण्डारीले  भन्नुभयो, “पोलियो अन्त्यको यो लामो यात्रामा रोटरीको योगदान ऐतिहासिक छ। पोलियोमुक्त विश्व बनाउने हाम्रो अभियान निरन्तर जारी रहनेछ।”

रोटरी डिस्ट्रिक्ट ३२९२ रिजन ६ का को–चियर प्रकाश पौडेलले र्यालीमा सहभागीहरुसवैलाई धन्यवाद दिनुभयो । सन् १९८५ देखि रोटरीले विश्वव्यापी रूपमा सुरु गरेको अब पोलियो अन्त गरौ भन्ने अभियान सञ्चालन गरि रहेको छ । अहिले  पोलियोका  घटना  विश्वभरमै ९९.९ प्रतिशतले घटेको पनि उहाँको दावी छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...