विश्व पोलियो दिवस मनाइयो

Published on

काठमाडौं । विश्व पोलियो दिवस २०२५ का अवसरमा शुक्रवार भरतपुरमा जनचेतना र्याली निकालिएको छ । रोटरी र रोट्रयाक क्लब अफ नारायणी मिड टाउनको आयोजनामा सम्पन्न सो र्याली भरतपुरका विभिन्न क्षेत्र घुमेर चितवन विजनेश कम्प्पेलेसमा आई सम्पन्न भएको थियो ।

सो अवसरम भरतपुरका विभिन्न क्षेत्रमा  पोलियो उन्मूलनसम्बन्धी ब्यानरहरू राखी स्थानीय समुदायमा सचेतना फैलाइएको क्लवकी पूर्व अध्यक्ष छाया श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा रोटरी क्लबका अध्यक्ष प्रमेश्वर भण्डारीले पोलियो  उन्मुलन देश भए पनि अझै फाट्टफूट्ट रोगीहरु भेटिएको बताउनुभयो । भण्डारीले  भन्नुभयो, “पोलियो अन्त्यको यो लामो यात्रामा रोटरीको योगदान ऐतिहासिक छ। पोलियोमुक्त विश्व बनाउने हाम्रो अभियान निरन्तर जारी रहनेछ।”

रोटरी डिस्ट्रिक्ट ३२९२ रिजन ६ का को–चियर प्रकाश पौडेलले र्यालीमा सहभागीहरुसवैलाई धन्यवाद दिनुभयो । सन् १९८५ देखि रोटरीले विश्वव्यापी रूपमा सुरु गरेको अब पोलियो अन्त गरौ भन्ने अभियान सञ्चालन गरि रहेको छ । अहिले  पोलियोका  घटना  विश्वभरमै ९९.९ प्रतिशतले घटेको पनि उहाँको दावी छ । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...