त्रिदेशीय महिला फुटबल प्रतियोगिता : नेपाल आज इरानसँग भिड्दै

Published on

काठमाडौं । भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज इरानसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ। भारतको सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ। सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपाली टोली विजयी सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ। नेपालका लागि यो पहिलो खेल भए पनि इरानले पहिलो खेलमा घरेलु टोली भारतलाई २–० ले पराजित गरिसकेको छ। त्यसैले इरान पनि आफ्नो जितको लय कायम राख्न चाहन्छ।

नेपाल र इरानबीच पछिल्लो सामना सन् २०१९ मा भारतकै कालिङ्गा रंगशालामा भएको ‘हिरो वुमेन्स कप’मा भएको थियो, जसमा नेपाल विजयी भएको थियो। फिफा बरियतामा इरान ७०औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा रहेको छ। नेपालको टोलीमा कप्तान सावित्रा भण्डारीसहित अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, बिमला बिक, दीपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा र निशा थोकर रहेका छन्। त्यस्तै, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ पनि टोलीमा समावेश छन्।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...