त्रिदेशीय महिला फुटबल प्रतियोगिता : नेपाल आज इरानसँग भिड्दै

Published on

काठमाडौं । भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज इरानसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ। भारतको सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ। सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपाली टोली विजयी सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ। नेपालका लागि यो पहिलो खेल भए पनि इरानले पहिलो खेलमा घरेलु टोली भारतलाई २–० ले पराजित गरिसकेको छ। त्यसैले इरान पनि आफ्नो जितको लय कायम राख्न चाहन्छ।

नेपाल र इरानबीच पछिल्लो सामना सन् २०१९ मा भारतकै कालिङ्गा रंगशालामा भएको ‘हिरो वुमेन्स कप’मा भएको थियो, जसमा नेपाल विजयी भएको थियो। फिफा बरियतामा इरान ७०औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा रहेको छ। नेपालको टोलीमा कप्तान सावित्रा भण्डारीसहित अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, बिमला बिक, दीपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा र निशा थोकर रहेका छन्। त्यस्तै, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ पनि टोलीमा समावेश छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...