गुल्मीमा लागुऔषधसहित एक व्यक्ति नियन्त्रणमा

Published on

काठमाडौं । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्से नजिक कालिगण्डकी करिडोर सडकखण्डमा प्रहरीले लागुऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। गएराति बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको ध १ प ५५८२ नम्बरको १२५ सिसी होन्डा साइन मोटरसाइकल आफैं पल्टिएपछि चालकलाई उद्धार गर्न पुगेका स्थानीयले उनको झोलाभित्र कालो प्लास्टिकमा राखिएको लागुऔषध फेला पारेका थिए।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार पक्राउ परेका व्यक्ति बाग्लुङ नगरपालिका–२ रुद्रपिपलका ३२ वर्षीय मनोज प्रधान हुन्।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक रमबहादुर सारुको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा अर्को टोली पनि खटाइएको थियो।

प्रहरीका अनुसार घटनास्थलबाट डायाजेपाम ३० एम्पुल, फेनर्गन ३२ एम्पुल र बुप्रेनोर्फिन ३२ एम्पुल बरामद गरिएको छ। पक्राउ परेका प्रधानलाई मेडिकल परीक्षणपछि इलाका प्रहरी कार्यालय रिडी, गुल्मीमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...

बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका...

झापाका साइकलयात्रीलाई बाँकेमा स्वागत

काठमाडौं । गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके...

लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ...