गुल्मीमा लागुऔषधसहित एक व्यक्ति नियन्त्रणमा

Published on

काठमाडौं । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्से नजिक कालिगण्डकी करिडोर सडकखण्डमा प्रहरीले लागुऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। गएराति बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको ध १ प ५५८२ नम्बरको १२५ सिसी होन्डा साइन मोटरसाइकल आफैं पल्टिएपछि चालकलाई उद्धार गर्न पुगेका स्थानीयले उनको झोलाभित्र कालो प्लास्टिकमा राखिएको लागुऔषध फेला पारेका थिए।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार पक्राउ परेका व्यक्ति बाग्लुङ नगरपालिका–२ रुद्रपिपलका ३२ वर्षीय मनोज प्रधान हुन्।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक रमबहादुर सारुको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा अर्को टोली पनि खटाइएको थियो।

प्रहरीका अनुसार घटनास्थलबाट डायाजेपाम ३० एम्पुल, फेनर्गन ३२ एम्पुल र बुप्रेनोर्फिन ३२ एम्पुल बरामद गरिएको छ। पक्राउ परेका प्रधानलाई मेडिकल परीक्षणपछि इलाका प्रहरी कार्यालय रिडी, गुल्मीमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...