छठ पर्वले मधेशका डोम समुदायमा ल्यायो खुशियाली, बाँस–बेतका सामग्री बनाउन भ्याइनभ्याई

Published on

काठमाडौं । मधेशका अति विपन्न र अल्पसङ्ख्यक समुदायमध्ये पर्ने डोम समुदाय वर्षभरि ज्याला मजदुरी गरेर जीविका चलाउने गर्छन्। गरिबी र बेरोजगारीका कारण प्रायः हातमुख जोर्नसमेत मुस्किल हुने यो समुदायका लागि छठ पर्व भने खुसी र आशाको प्रतीक बनेको छ। छठ पर्व सुरु भएसँगै बाँस र बेतका चोया काट्ने, डालो, नाङ्लो र टपरी बनाउने काममा उनीहरू व्यस्त छन्। यही पेशाबाट वर्षको यो समयमा उनीहरूलाई राम्रो आम्दानी हुने गरेको छ। गौशाला नगरपालिकाका मंजय मलिकका अनुसार, “छठ सुरु हुनासाथ हाम्रो गाउँमा उत्साह आउँछ। सधैंका दुःख बिर्सेर मीठोमसिनो खान र नयाँ कपडा लगाउन पाउँछौं।”

डोम समुदायका ईन्दल मलिक भन्छन्, “अब हाम्रो सीपको मूल्य वर्षमा यही बेला मात्र देखिन्छ। छठमा हाम्रा हातले बनाइएका सामानकै माग बढ्छ।” छठ पर्वका लागि बाँस र बेतका भाँडाकुडा अनिवार्य हुने भएकाले अहिले महोत्तरी, धनुषा लगायतका जिल्लामा डोम समुदायका मानिसहरूलाई कामको चटारो छ। प्रत्येक परिवारलाई पाँचदेखि सातवटा नयाँ बाँसका सामान चाहिने भएकाले बजारमा आपूर्ति गर्नै मुस्किल भएको उनीहरूको भनाइ छ। गौशाला नगरपालिका–५ की सबिता मलिक भन्छिन्, “सारा वर्ष दुःख गर्छौं, तर छठ आउँदा गाउँमै काम पाइन्छ। यसले हाम्रो घरको चुल्हो बल्छ।”

एक बाँसको मूल्य अहिले रु २२५ देखि ३०० सम्म पर्छ, र त्यसबाट बनेका डालो, नाङ्लो, टपरी जस्ता सामग्री बजारमा रु ३०० देखि १,५०० सम्ममा बिक्री हुन्छन्। छठ पर्व नजिकिँदै जाँदा बजारमा ती सामग्रीको माग तीव्र बनेको छ। छठ पर्वलाई मधेशवासी मात्र नभई विभिन्न जातजाति र धर्मावलम्बीले संयुक्त रूपमा मनाउने गर्छन्। यही कारणले पनि यो पर्वले डोम समुदायको सीप र श्रमलाई सम्मान दिलाउने अवसर बनिदिएको छ।गोरखापत्र

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...