चाडवाडमा तरकारीको मूल्य आकाशियो

Published on

काठमाडौं ।  चाडपर्वको माहोलमा तरकारीको मूल्य आकस्मिक रूपमा बढ्दा उपभोक्तामात्र होइन, व्यापारीहरू समेत हैरान भएका छन् । दसैँदेखि क्रमशः बढ्दै आएको तरकारीको भाउ छठसम्म आइपुग्दा किन्नै नसकिने गरि महँगिएको छ  ।

बर्दीबासको साप्ताहिक हाटमा धनुषाको बडहरीबाट तरकारी ल्याउने व्यापारी विन्देश्वर महतोका अनुसार तिहारसम्म प्रतिकिलो १२० रुपियाँमा बिक्री भएको भ्याण्टा १४० रुपियाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

अन्य तरकारीको मूल्य पनि उस्तै गरी बढेको छ । गोलभेंडा प्रतिकिलो १३० रुपियाँ, पहाडी आलु १०० रुपियाँ, लोकल काउली १६० रुपियाँ, ओल १५० रुपियाँ, भिण्डी ७०, पिँडालु ८० र हरियो खुर्सानी प्रतिपाउ ६० रुपियाँ पुगेको छ ।

बर्दीबासका होटल व्यवसायी नारायण घिमिरेले तरकारीको अप्रत्याशित मूल्यवृद्धिले दैनिक खर्च व्यवस्थापन गर्न गाहृो परेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार, जिल्लाका गौशाला, मटिहानी, धमौरा र भंगाहा प्रमुख तरकारी उत्पादन क्षेत्र हुन् । हालैको अबिरल वर्षा र बाढीले यी क्षेत्रका एक हजार ४९० हेक्टरमा लगाइएका तरकारी बाली डुबानमा परेपछि आपूर्ति घटनाले मूल्य वृद्धि भएको हो ।

बाढी र वर्षाको असरले बजारमा तोरी, रायो र लट्टेको साग जस्ता मौसमी हरियो तरकारी समेत पाउन मुस्किल भएको छ । पहिला मुठाको २० रुपियाँ पर्ने कर्कलोको साग अहिले ५० रुपियाँ पुगेको छ भने लहरा गलनाले लौका, घिरौला, परवल जस्ता लहरे तरकारीको उत्पादन ठप्प छ ।

हाल भारतीय आलु र प्याजबाहेक अधिकांश तरकारीको मूल्य उच्च छ । केही साताअघि सय रुपियाँमा तीन किलो पाइने भारतीय आलु पनि अहिले सय रुपियाँको दुई किलोमा झरेको छ । प्याजको मूल्य मात्र अहिलेसम्म प्रति किलो ४० रुपियाँमै स्थिर छ ।

यस्तो परिस्थितिमा रामेछाप, खनियाँखर्कलगायत पहाडी जिल्लाबाट आएका स्कुस, मुन्टा, हरियो फर्सी, काँक्रा र धनियाँले बजारमा केही राहत दिएका छन् । रामेछापका व्यापारी नवराज श्रेष्ठका अनुसार बर्दीबासको बिहानी हाटमा नै करिब एक मिनी ट्रक स्कुस बिक्री भएको थियो । ‘‘स्कुसको मुन्टा त अघि नै सकियो ।’’ उहाँले बताउनुभयो ।

स्थानीय उत्पादन घट्दा मूल्य बढ्नु सामान्य भए पनि, उपभोक्ताले भने अत्यधिक मूल्य वृद्धिलाई असामान्य भन्दै स्थानीय प्रशासनसँग बजार अनुगमन र नियन्त्रणको माग गर्न थालेका छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...