महिला गोल्डकपको तयारी तीव्र

Published on

काठमाडौं । झापामा हुन लागेको नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता (गोल्डकप) को तयारी तीव्र बनाइएको छ । पहिलो पटक हुन लागेको झापा महिला गोल्डकप आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा गर्ने तयारी भएको छ ।

झापा महिला गोल्डकप आयोजनक मूल समिति अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको स्थायी प्यारापिटमा कुर्सी जडान लगायतका कार्यहरू भएका छन् । दुधे रङ्गशालालाई सम्याउने लगायत आकर्षक बनाउन कार्य अन्तिम चरणमा पुगेको उहाँले जनाउनुभयो ।

कम्तिमा १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । भव्य रूपमा प्रतियोगिता सञ्चालनका लागि कुनै पनि कमी हुन नदिने उहाँको भनाइ छ । प्रतियोगितमा ८ वटा समूह सहभागि बन्ने निश्चित बनेको छ ।

प्रतियोगिताको सचिवालय प्रमुख हिमाल खरेलका अनुसार सर्वाधिक राशिको झापा महिला गोल्डकपको विजेता टोलीले नगद १० लाख रुपियाँ प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख रुपियाँ पाउने छन्। प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख ५० हजार रुपियाँ पुरस्कार उपलब्ध गराउने निर्णय भएको उहाँले जनाउनु भयो ।

विभागिय महिला फुटबल समूह त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लब सहित ८ समूह प्रतियोगितामा सामेल हुने छ । खरेका अनुसार सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब र भारतको सिक्किमस्थित सिग्लिङ स्पोर्टिङ क्लब सहभागी रहने छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...