महिला गोल्डकपको तयारी तीव्र

Published on

काठमाडौं । झापामा हुन लागेको नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता (गोल्डकप) को तयारी तीव्र बनाइएको छ । पहिलो पटक हुन लागेको झापा महिला गोल्डकप आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा गर्ने तयारी भएको छ ।

झापा महिला गोल्डकप आयोजनक मूल समिति अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको स्थायी प्यारापिटमा कुर्सी जडान लगायतका कार्यहरू भएका छन् । दुधे रङ्गशालालाई सम्याउने लगायत आकर्षक बनाउन कार्य अन्तिम चरणमा पुगेको उहाँले जनाउनुभयो ।

कम्तिमा १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । भव्य रूपमा प्रतियोगिता सञ्चालनका लागि कुनै पनि कमी हुन नदिने उहाँको भनाइ छ । प्रतियोगितमा ८ वटा समूह सहभागि बन्ने निश्चित बनेको छ ।

प्रतियोगिताको सचिवालय प्रमुख हिमाल खरेलका अनुसार सर्वाधिक राशिको झापा महिला गोल्डकपको विजेता टोलीले नगद १० लाख रुपियाँ प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख रुपियाँ पाउने छन्। प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख ५० हजार रुपियाँ पुरस्कार उपलब्ध गराउने निर्णय भएको उहाँले जनाउनु भयो ।

विभागिय महिला फुटबल समूह त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लब सहित ८ समूह प्रतियोगितामा सामेल हुने छ । खरेका अनुसार सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब र भारतको सिक्किमस्थित सिग्लिङ स्पोर्टिङ क्लब सहभागी रहने छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...