जुम्लामा करेन्ट लागेर एक युवकको मृत्यु

Published on

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृतक चन्दननाथ नगरपालिका–१ आचार्यबाडाका ३१ वर्षीय अर्जुन महतारा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले जानकारी दिनुभयो।

महतारा लासी बजारमा होटल सञ्चालन गर्दै आउनु भएका थिए। आइतबार राति करिब १० बजे ३० मिनेटमा आफ्नै घरमा सिसिटिभी क्यामेरा जडान गर्ने क्रममा उहाँलाई करेन्ट लागेको प्रहरीका अनुसार जानकारी प्राप्त भएको छ।

गम्भीर घाइते भएका महतारालाई उनका मित तथा नातेदार गणेश बुढाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेको थिए। तर चिकित्सकले उपचारको क्रममा उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...