त्रिपालको बसाइमा चिसोको चिन्ता

Published on

काठमाडौं । बाजुराको उच्चहिमाली क्षेत्रमा चिसो बढेसँगै हिमाली गाउँपालिकाको बिच्छ्यारुगिनका बाढीपहिरोपीडितलाई चिन्ता लाग्न थालेको छ । गत साउन २८ गते राति साढे छ बजे बिच्छ्याखोलामा आएको बाढीले यहाँका वडा नम्बर १ बिच्छ्या र वडा नम्बर ५ रुगिनका ४१ घरपरिवार विस्थापित भएपछि अहिले उनीहरू त्रिपालको भरमा रहेका छन् । गर्मी समयमा पनि चिसो हुने यो ठाउँमा हिउँदमा कसरी त्रिपालको बास बेहोर्ने भन्ने चिन्तामा परेका छन् ।

हिउँद महिना यहाँ धेरै चिसो हुन्छ । यो चिसोमा बालबच्चा कसरी त्रिपालमा राखेर बस्ने अहिले निकै डर लाग्न थालेको हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याका सब्बले थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खाको समय त अलि चिसो कम हुन्थ्यो । त्यो बेलामा त जसो तसो गरेर त्रिपालमै गुजारा गरेर बस्यौँ  । अब चिसो बढ्न सुरु भयो यो चिसोमा कसरी बास बस्ने निकै चिन्ता लागेको छ ।” यहाँको स्थानीय सरकारले अहिलेसम्म खाद्यान्न, लुगाकपडालगायतका राहत सामग्री सहयोग गरेको र प्रदेश तथा सङ्घीय सरकारले पनि घरबासको व्यवस्था गरिदिन थापाले माग गर्नुभयो । बाढीपहिरोले हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण रूपमा जोखिममा परेका छन् भने वडा नम्बर ५ कवाडीमा पनि १६ घर बगाएको र ३२ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । 

“हामीसँग जति सहयोग गर्ने क्षमता थियो, त्यो सहयोग गरेका छौँ । अहिले यहाँका स्थानीयलाई चाहिएको भनेको घरबास हो । घरबासका लागि धेरै ठुलो रकम चाहिन्छ । त्यो रकम प्रदेश र सङ्घीय सरकारसँग माग गरेको हो,” हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । दुई/चार परिवार भए त केही गर्न सहज हुन्थ्यो । यहाँ पूरै गाउँ नै विस्थापित छन् । ठुलो रकम नभएकाले पीडितलाई घरबासको व्यवस्था गर्न समस्या भएको मल्लको भनाइ छ । पीडित परिवारलाई घरबासको व्यवस्था गर्नका लागि जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेर गृह मन्त्रालयमा पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...