एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

Published on

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै ओलीको रिहाइको माग गरिएको हो । एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु (दीपेन) को नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँलाई ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीको रिहाइको माग गरेको हो । पार्टी अध्यक्ष ओलीसहित पक्राउ गरिएका सबै नेताहरूको रिहाइको माग गरी प्रजिअ सेढाइँमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको एमाले जिल्ला कमिटी सचिव सन्तोष चाम्लिङले जानकारी दिनुभयो ।

सरकारले कार्की आयोगको प्रतिशोधात्मक प्रतिवेदनका आधारमा पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर देशलाई मुठभेड र द्वन्द्वतर्फ धकेल्न खोजेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिशोध साध्न ओली लगायतका नेतालाई पक्राउ गरिएको एमाले ताप्लेजुङको ठहर रहेको ज्ञापनपत्रमा उल्लेख छ । कार्की आयोगलाई ‘कथित आयोग’ को संज्ञा दिँदै एमाले ताप्लेजुङले प्रतिशोधात्मक ढङ्गले नेताहरूलाई पक्राउ गर्नु सिङ्गो कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन माथिको नाङ्गो प्रहार तथा दमन सुरुवात भएको पनि ज्ञापनपत्रमा उल्लेख गरेको छ । “यस किसिमको प्रहार तथा दमनको भर्सना र निन्दा गर्दै गिरफ्तार नेताहरूको तल्काल रिहाइ गर्न साथै प्रतिशोधात्मक दमन र धरपकड बन्द गर्न जोडदार माग गर्दछौं” ज्ञापनपत्रमा भनिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...