आन्दोलनको निसानामा सिसिटिभी , अपराध अनुसन्धान जटिल

Published on

काठमाडौं । गत कात्तिक ५ गते विराटनगर–१, पोखरिया शङ्कर टोलबाट देउसी खेल्न निस्केको समूहका प्रान्जल खनाललाई कोशी राजमार्ग टिभिएस सोरुमअगाडि सवारीले ठक्कर दियो । प्रान्जललाई ठक्कर दिने सवारी अहिलेसम्म पत्ता लाग्न सकेको छैन तर सख्त घाइते उहाँको आँखामा गहिरो चोट छ, शरीरको दाहिने पाटो चल्दैन, कम्मरमुनिको भागमा चोटैचोट छ । घाइते १७ वर्षीय खनालकी काकी प्रेमु सापकोटा खनालका अनुसार कम्मरको शल्यव्रिmया बुधबार हुने तयारी गरिएको छ । 

गत असोज २७ गते विराटनगरको जलजला मोडमा कारले मोटरसाइकललाई ठक्कर दिएर दुई जना घाइते भएको घटनामा समेत कारधनी वा चालक अहिलेसम्म फेला पार्न सकिएको छैन । राति ११ बजे प्रदेश १–०४–००१ प ८५८० नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिएर भागेको थियो । दुर्घटनामा मोरङ धनपालथान–४ का ५२ वर्षीय मोजिम अन्सारी र २८ वर्षीय सिन्धु साह घाइते भएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चँुडालले जानकारी दिनुभयो । 

सेतो रङको ओमोदा ब्रान्डको कारले ठक्कर दिएको देखिए पनि नम्बर यकिन हुन कठिन भयो । यी दुवै घटना साँझ परिसकेपछिका हुन् । कोशी राजमार्गको टिभिएस सोरुमअगाडि भएको दुर्घटनामा सवारीको पहिचान नै हुन सकेको छैन । असोज २७ गते भएको दुर्घटनामा पनि सवारीको ब्रान्ड र रङ थाहा भए पनि नम्बर यकिन हुन सकेको छैन । 

मोरङ प्रहरी प्रवक्ता कोपिला चुडालका अनुसार प्रविधिले अपराधका घटना अनुसन्धानमा सहयोग गर्दै आएको थियो । सहरका सडकमा हुने दुर्घटनामा पीडित र पीडक छुट्याउन पनि सहज थियो तर पछिल्लो समय सहर प्रविधिविहीन भएको छ । जसका कारण सवारी दुर्घटनादेखि अपराधका घटना अनुसन्धानमा समेत प्रहरीलाई हम्मे हम्मे परिरहेको हो । 

प्रवक्ता चुडालका अनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मोरङका १४७ स्थानमा रहेका सिसिटिभीमध्ये ११८ स्थानका सिसिटिभीमा क्षति पुगेको छ । त्यसमा पनि मुख्य सहर विराटनगरमा महìवपूर्ण चहलपहल हुने स्थानका सबै सिसिटिभी फुटाइएका छन् । 

मोरङको लेटाङ नगरपालिकामा गत असोज २१ देखि बेपत्ता भएकी १३ वर्षीय अंशु गौतमको उद्धारमा समेत प्रहरीलाई प्रविधि अभाव खड्किएको थियो । गौतमको शव १८ दिनपछि बीभत्स हत्या भएको अवस्थामा लेटाङ–२ र बेलबारीको सिमानामा रहेको साझेदारी वनक्षेत्रमा टुव्रmा टुव्रmा पारिएको अवस्थामा फेला परेको छ । घरबाट पिङ खेल्न निस्केकी बालिकाको अपहरणपछि बलात्कार गरेर हत्या भएको प्रारम्भिक अवस्थामा देखिएको छ । 

प्रवक्ता चुँडालका अनुसार उक्त घटनामा अहिलेसम्म एउटा क्लुबाहेक अन्य कहीँ केही फेला पार्न सकिएको छैन । बचेको एउटा सिसिटिभीमा उनी एक्लै देखिएबाहेक अन्य कुनै पनि सुराक नपाउँदा शव फेला परेपछि पनि संलग्नको पहिचान हुन नसकेको हो । घटना अनुसन्धानमा अहिले जिल्ला, प्रदेश र केन्द्रको टोली केन्द्रीय भएको प्रवक्ता चुँडालले जानकारी दिनुभयो ।  

सिसिटिभीमा पुगेको क्षतिले अहिले अपराधबाट हुने क्षति पनि बढ्दै छ । विराटनगरमा भएका पछिल्ला दुई दुर्घटनामा संलग्नको पहिचानमा भएको असहज अवस्था वा लेटाङमा भएको जघन्य अपराधमा संलग्नको पहिचानमा भएको समस्या यसैको कारण रहेको प्रहरीको भनाइ छ । 

प्रवक्ता चुँडालले तत्काल सिसिटिभी लगाउन प्रहरीसँग स्रोत छैन । यसअगाडि पनि निजी क्षेत्रलगायत दातासँगको सहकार्यमा जडान गरिएका सिसिटिभी आन्दोलनको निसानामा परेपछि समस्यामा अपराध अनुसन्धान गर्ने पाटो परेको हो । सहयोगको अपेक्षा राखिए पनि प्रस्ताव लिएर प्रहरी पुग्न सहज मानिरहेको छैन किनकि सरकारी संरचनामा पुगेको क्षति र त्यसको मर्मतमा अहिले निजी क्षेत्रले सहयोग गरिरहेको छ । यस्तो बेला सडकका सिसिटिभीका लागि सहयोग माग्न प्रहरीलाई मन छैन । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...