सिँचाइ सुविधा नभएको रकुवा फाँटमा भटमास खेती

Published on

काठमाडौं । सिँचाइ सुविधा नभएको रकुवाको फाँट यतिबेला भटमासका बोटले हरियै बनेको छ । बोटमा कोसा लागेका छन् । हरियै फाँट देख्दै रहर लाग्दो भएको छ । भटमास र बोडी ( दाना) नवलपुरको विकट पहाडी पालिका बौदीकाली वडा नं. ३ रकुवा क्षेत्रको मुख्य खेती हो । यहाँ उत्पादित भटमास अहिले पनि चामलसँग  साट्ने  चलन छ ।

विशेषगरी रकुवाको समथर (फाँट) रहेको बाँझोबारी, साघुुँरी क्षेत्रमा अन्य खेतीको तुलनामा भटमास र बोडी खेती राम्रो हुन्छ । 
बाँझोबारीका किसान मोतिलाल बिकले सात रोपनी क्षेत्रफलमा भटमास लगाउनुभएको छ । त्यहाँबाट उत्पादित भटमास र बोडी (दाना) चामलसँग साट्ने गरेको उहाँले बताउनुभयो । एक सिजनमा आठदश मुरीसम्म भटमास उत्पादन हुने गरेको उहाँले बताउनुभयो । भटमास र बोडी चामलसँग (एक पाथी भटमास र बोडी दिएर दुई पाथी चामल) साट्ने गरेको उहाँ बताउनुहुन्छ ।

बौदीकाली वडा नं. ३ का अध्यक्ष समेत रहनुभएका तेज बहादुर थापाले पनि सात रोपनी क्षेत्रफलमा भटमास लगाउनुभएको छ । यस क्षेत्रमा दस पन्ध्र वर्ष अघिदेखि नै भटमास खेती हुँदै आएको उहाँले बताउनुभयो । सिँचाइको सुविधा नभएका कारण अन्य खेतीको तुलनामा भटमास र बोडी खेती राम्रो हुने भएकाले आफूहरूले भटमास खेती गर्ने गरेको थापाको भनाइ छ ।

उहाँका अनुसार वडा नं. ३ को रकुवा क्षेत्रमा मात्रै करिब ३० बिगा क्षेत्रफलमा भटमास खेती गरिन्छ । यहाँका एक सय २० घरधुरीले भटमास खेती गर्दै आएको थापाले बताउनुभयो । चामलको जोहो गर्ने मुख्य माध्यम नै भटमास र बोडीको दाना रहेको उहाँ बताउनुहुन्छ ।

‘‘यहाँ सिँचाइ छैन त्यसैले धान खेती राम्रो हुँदैन । यहाँका सबैजसो घरधुरीले भटमाससँग चामल साटेर छ महिना, वर्ष दिनसम्म खाने चामलको जोहो गर्नुहुन्छ ।’’ थापाले भन्नुभयो, ‘‘भटमास स्याहार्न भन्दा अघि नै पाल्पाको रामपुर, कावासोती, दलदले, तनहुँको भिमादबाट व्यापारीहरू खरिद गर्न आउनुहुन्छ । यहाँ त खोसाखोस नै हुन्छ । पैसामा भन्दा पनि चामलसँग साट्ने हो । एक पाथि भटमाससँग दुईपाथि चामल साटेर लैजान्छन् ।’’

यस्तै, रकुवाकी अर्की किसान तिलसरा रसाइलीले पनि उत्पादन गरेको भटमास र बोडी चामलसँग नै साट्ने गरेको बताउनुभयो । केही वर्ष अघिसम्म सडक सञ्जाल राम्रो नहुँदा बिक्री गर्नै गाह्रो हुने, मूल्य पनि नपर्ने भटमास कालीगण्डकी कोरिडोर बनेपछि, अहिले सहजै रुपमा व्यापारीहरू आउन थालेको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...