अन्नपूर्ण बेसक्याम्पबाट १६२ जना पर्यटकको सफल उद्धार, बेसक्याम्प अहिले खाली

Published on

काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लास्थित अन्नपूर्ण बेसक्याम्पमा फँसेका १६२ जना आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरेको छ। बिहीबार बिहानसम्म सबैलाई सुरक्षित स्थानमा ल्याइएपछि अहिले बेसक्याम्पमा कुनै पनि पर्यटक बाँकी छैनन्।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार गरिएका सबै पर्यटकलाई सुरक्षित क्षेत्रमा पुर्‍याइएको छ। उहाँले बेसक्याम्प क्षेत्रमा लगातार हिउँ पहिरो आइरहेको र त्यहाँ बसाइ जोखिमपूर्ण बनेको जानकारी दिनुभयो।

कात्तिक ११ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ, म्याग्दीबाट निरीक्षक विनोद पौडेलको कमान्डमा गएको उद्धार टोलीले १७ विदेशीसहित १६२ जना पर्यटकलाई उद्धार गरेको हो। बाक्लो हिमपातका कारण बाटो हराएका र अलपत्र परेका पर्यटकहरूलाई डोरिको सहायताले बाटो पहिल्याउँदै सुरक्षित स्थानमा ल्याइएको बताइएको छ।

तीन दिनदेखि जारी उद्धार अभियान अन्तर्गत बुधबार मात्रै ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनाको उद्धार गरिएको थियो। मङ्गलबारदेखि निरन्तर भइरहेको प्रयासपछि बिहीबार बिहानसम्ममा सबै पर्यटकलाई गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएका स्थानमा पुर्‍याइएको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धार गरिएकामध्ये केहीमा श्वासप्रश्वास सम्बन्धी सामान्य स्वास्थ्य समस्या देखिए पनि सबैको अवस्था सामान्य रहेको बताइएको छ।

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...