मेघा कलेजलाई बास्केटबल उपाधि

Published on

काठमाडौं । धरान उपमहानगरमा लागूऔषधविरुद्ध जनचेतनाका लागि भएको प्रदेश स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा कलेजले चुमेको छ । धरान–१६ स्थित रङ्गशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न खेलमा मेघा कलेजले हिमशिखर कलेज तरहरालाई १७–१५ स्कोरको अन्तरले पछि पार्दै उपाधि जितेको हो । केवाइसी पुनर्जीवन केन्द्रले लागूऔषधविरुद्ध जनचेतना जगाउने उद्देश्यले आयोजना गरेको उक्त बास्केटबल प्रतियोगितामा हिमशिखरले होलील्याण्ड स्कुललाई र धरान मेघा कलेजले सुनाखरी स्कुललाई हराउँदै फाइनलमा पुगेको थियो । 

विजेता मेघा कलेजले उपाधिसँगै २५ हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता हिमशिखर कलेजले नगद १३ हजार रुपियाँ, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मेघा कलेजको एन्जेस राई र उत्कृष्ट खेलाडी प्रशान्त तामाङ हुनुभयो । प्रतियोगितामा प्रदेशभरिका १३ वटा विद्यालयहरूले सहभागिता जनाएको सिनियर रेफ्री तथा जिल्ला बास्केटबल सङ्घका सहसचिव युगल लिम्बूले जानकारी दिनुभयो  । गोरखापत्र

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...