मेची राजमार्ग रातको समयमा बन्द

Published on

काठमाडौं । मेची राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको हो ।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधार मोन्था चक्रवातका कारण वर्षा हुने र बाढीपहिरोको प्रकोप हुन सक्ने भएपछि मेची राजमार्गमा जोखिम कम गर्नका लागि रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिनुभयो ।

मेची राजमार्गको माइखोला(राजदुवाली) सडक खण्डसहित विभिन्न स्थानमा गत असोज १८ गतेको बाढीपहिरोपछि जोखिम छ । असोज १८ को बाढीपहिरोले इलाममा ३९ जनाको ज्यान गएको थियो । ३३६ घरमा पूर्ण र ८२८ घरमा आंशिक क्षति भएको थियो ।

बाढीपहिरोले थिलथिलाे भएको जमिनमा फेरि पहिरो जान सक्ने भएपछि सबै क्षेत्रमा सजगता अपनाइएको छ । इलामको माइजोगमाई गाउँपालिकाले आज र भोलि दुई दिनका लागि विद्यालय बन्द गरेको छ । पालिकाले जोखिम कायम रहेकाले बालबालिकाको सुरक्षाका लागि विद्यालय बन्द गरेको गाउँपालिका अध्यक्षक कुशबहादुर थेवेले जानकारी दिनुभयो । इलामका अधिकांश स्थानमा बिहानैदेखि सिमसिमे पानी परिरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...