विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने किशोरीलाई एक लाख प्रोत्साहन भत्ता

Published on

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकाले यस वर्ष स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलालाई एक लाख रुपियाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

पालिकाले बाल विवाह न्यूनीकरणका लागि २० वर्ष पूरा गरी स्नातक तह उत्तीर्ण गरेर विवाह गर्ने किशोरी तथा विवाह नगरी बसेका महिलालाई उक्त भत्ता उपलब्ध गराउन लागेको हो । बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्न वर्गको पहुँच पुर्‍याउन यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।

त्यस्ता किशोरी तथा अविवाहित महिलालाई उक्त रकम वितरण गर्न गाउँपालिकाले विहिबार १५ दिने सूचना आह्वान गरेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उक्त भत्ता वितरण गर्न गाउँपालिकाले यो वर्ष पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको छ । निवेदन मागेका छौं, कतिको निवेदन पर्छ । परेको निवेदनमाथि छानबिन गरी जनही नगद एक लाख रुपियाँ भत्ता उपलब्ध गराउँछौं ।’

उक्त अवधिभित्र मापदण्ड पूरा गरी निवेदन हाल्ने सबैलाई उक्त भत्ता वितरण गरिने उहाँको भनाइ छ । गाउँपालिकाले कार्यविधि बनाएर आर्थिक वर्ष ०७९-०८० देखि नीति तथा कार्यक्रममा समावेश गरी उक्त कार्य सुरु गरेको हो । तल्लो कक्षाको पढाइ पूरा नहुँदै छात्राहरुको विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न उक्त कार्यक्रम ल्याएको हो । 

उक्त कार्यक्रमले अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्च शिक्षा हासिल गराउन उत्प्रेरणाका साथै सहयोग पुगेको छ । ‘हाम्रो पालिकामा किशाेरीहरुको तल्लो कक्षामा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखियो’, उहाँले भन्नुभयो, ‘पारिवारिक आर्थिक विपन्नताका कारण विवाहपछि उनीहरु उच्च शिक्षामा पहुँच पनि कम पाइयो । त्यसैले उनीहरुलाई उच्च शिक्षा पहुँच पुर्‍याई सक्षम नागरिक बनाउन पनि यो कार्यक्रम ल्याएका हौं ।’ 

त्यस्ता किशाेरी तथा महिलाले एक पटक मात्रै उक्त भत्ता पाउने गाउँपालिकाले जनाएको छ । उक्त भत्ता प्राप्त गर्नका लागि अविवाहित रही गाउँपालिकाभित्र स्थायी बसोबास भएको र मरिण गाउँपालिकाभित्र सञ्चालन भएको क्याम्पसमा अध्ययन गरेको हुनुपर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले गत आर्थिक वर्ष ०८१-०८२ मा दुई जना र आर्थिक वर्ष ०८०-०८१ मा पाँच जना त्यस्ता किशाेरी तथा महिलालाई उक्त भत्ता वितरण गरेको थियो ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...