सुनको मूल्यमा सामान्य वृद्धि

Published on

काठमाडौं ।  गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु पाँचले घटेको छ । गत शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको  एक तोला सुनको मूल्य आज रु दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ ।  यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  रासस

spot_img

ताजा समाचार

रूसको ऊर्जा क्षेत्रमा “गैजप्रोम”को नयाँ रणनीति

काठमाडौँ । रूसी ऊर्जा कम्पनी ‘गैजप्रोम नेफ्ट’ले २०२६ मा आफ्नो हाइड्रोकार्बन उत्पादन बढाउने योजना...

स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल सङ्कट

काठमाडौँ । इरानले स्ट्रेट अफ होरमुजमा आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागु...

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बालेन्द्र शाहले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ...

सुनसरीमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइयो

काठमाडौँ । सुनसरीको पवित्र धार्मिक स्थल रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ...