ढुङ्गा माटोसहितको लेदो पस्दा उत्तरी गोरखाका ५ घरमा क्षति

Published on

काठमाडौं ।  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका ५ घरमा ढुङ्गा, माटोसहितको लेदो पस्दा क्षति पुगेको छ । शनिबार बेलुका ६ बजेतिर आएको ढुङ्गा, माटोसहितको लेदोले पाङसिङका स्थानीय बासिन्दाको बस्तीमा ठुलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार लगातर वर्षापछि माथिल्लो भागबाट आएको माटो र ढुङ्गासहितको पहिरोले पाङसिङको गाउँ बस्तीको बीचमा पसेर देवेन्द्र गुरुङको कुखुराको फर्मका ५० वटा कुखुरा बगाएर लगेको उहाँले बताउनुभयो । 

त्यस्तै पाङसिङका सर्किनी गुरुङको एकतले काठले बारेको टिनले छाएको कच्ची घरमा पानी, ढुङ्गासहितको लेदोले घर पूर्णरुपमा  क्षति गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

अर्का एक स्थानीय जुकबहादुर गुरुङको घरमा माटोसहितको  लेदोले १३ वटा कुखुरा बगाएको छ भने धन्डुक गुरुङको एकतले कच्ची घरमा क्षति पुर्‍याई ८ वटा कुखुरा र ६ वटा हाँस बगाएको स्थानीय बमबहादुर गुरुङले बताउनुभयो । 

५ घर परिवारको घरभित्र रहेको अन्नपात, कपडा र घरेलु सबै सामान बगाएर लगेकाे स्थानीय कमला  गुरुङले बताउनुभयो । ५ घरका मानिसहरु अहिले छिमेकी घरमा सहारा लिएर बसेका स्थानीय कमला गुरुङको भनाइ छ । 

घरमा क्षति भएको खबर सिर्दीबास प्रहरी चौकीमा पुगेपछि सिर्दिबासको प्रहरी टोली घटनास्थल पुगी  मुचुल्का तयारी गरी १० औँ लाख क्षति भएको मुचुल्का तयार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।गोरखापत्र 

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...