ढुङ्गा माटोसहितको लेदो पस्दा उत्तरी गोरखाका ५ घरमा क्षति

Published on

काठमाडौं ।  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका ५ घरमा ढुङ्गा, माटोसहितको लेदो पस्दा क्षति पुगेको छ । शनिबार बेलुका ६ बजेतिर आएको ढुङ्गा, माटोसहितको लेदोले पाङसिङका स्थानीय बासिन्दाको बस्तीमा ठुलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार लगातर वर्षापछि माथिल्लो भागबाट आएको माटो र ढुङ्गासहितको पहिरोले पाङसिङको गाउँ बस्तीको बीचमा पसेर देवेन्द्र गुरुङको कुखुराको फर्मका ५० वटा कुखुरा बगाएर लगेको उहाँले बताउनुभयो । 

त्यस्तै पाङसिङका सर्किनी गुरुङको एकतले काठले बारेको टिनले छाएको कच्ची घरमा पानी, ढुङ्गासहितको लेदोले घर पूर्णरुपमा  क्षति गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

अर्का एक स्थानीय जुकबहादुर गुरुङको घरमा माटोसहितको  लेदोले १३ वटा कुखुरा बगाएको छ भने धन्डुक गुरुङको एकतले कच्ची घरमा क्षति पुर्‍याई ८ वटा कुखुरा र ६ वटा हाँस बगाएको स्थानीय बमबहादुर गुरुङले बताउनुभयो । 

५ घर परिवारको घरभित्र रहेको अन्नपात, कपडा र घरेलु सबै सामान बगाएर लगेकाे स्थानीय कमला  गुरुङले बताउनुभयो । ५ घरका मानिसहरु अहिले छिमेकी घरमा सहारा लिएर बसेका स्थानीय कमला गुरुङको भनाइ छ । 

घरमा क्षति भएको खबर सिर्दीबास प्रहरी चौकीमा पुगेपछि सिर्दिबासको प्रहरी टोली घटनास्थल पुगी  मुचुल्का तयारी गरी १० औँ लाख क्षति भएको मुचुल्का तयार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।गोरखापत्र 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...