नेपाल सङ्ग विश्वलाई भाेजन गराउन सक्ने क्षमता छ -परम सन्त उमाकान्त जि महाराज

Published on

काठमाडौं । नेपालगन्जकाे राझा विमानस्थल नजिक जयगुरुदेव सङ्गत नेपालले आयाेजना गरेकाे सत्सङ्ग कार्यक्रममा बाेल्दै उज्जैन निवासी परम सन्त उमाकान्त जि महाराजले नेपालकाे प्रकृति सङ्ग सुन्दरता मात्रै नभएर प्रश्स्त मात्रामा हिरामाेति भएको र यसबाट विश्वलाई भाेजन गराउन सक्ने तागत लुकेको बताउनु भयाे ।


विश्वमा अपराध धेरै बढेको र मानवता हराउदै गएकाे परिस्थितिमा उहाँले शाकाहारी र नशामुक्त समाज निर्माण बाट मात्रै विश्वमा शान्ति आउने कुरा बताउनु भयाे। मानव जुनि एक अमुल्य जुनि भएको र जिवात्माकाे रक्षाकाे लागि मांसाहार त्यागेर सुमिरन ,ध्यान र भजनमा लाग्न अनुराेध गर्दै जयगुरुदेव नाम ध्वनिले अप्ठ्यारो परिस्थितिमा पनि सहयोग पुग्ने कुरामा जाेड दिनुभयाे। सन्२०२६ काे सुरुवाती चरणमै विश्वमा आपसि झगडा,हत्या ,बलात्कार चाेरी जस्ता अपराध बढ्ने कुराकाे पनि सङ्केत गर्नुभएको छ।


राष्ट्रका सम्पत्तिहरुले त्याे राष्ट्रकाे पहिचानमा ठूलो सहयोग पुर्याएकाे र तिनिहरुकाे संरक्षण गर्नु नागरिकहरुकाे पनि दायित्व भएको बताउनुहुँदै हरेक नागरिकमा आफ्नाे राष्ट्र प्रती माया हुनुपर्ने कुरालाई पनि उहाँको जाेड दिनुभयाे। दुई दिने जयगुरुदेव सत्सङ्ग कार्यक्रम कार्तिक ११र १२ गते नेपालगन्जमा सम्पन्न भएको थियाे।

spot_img

ताजा समाचार

सुनसरीमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइयो

काठमाडौँ । सुनसरीको पवित्र धार्मिक स्थल रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ...

टिप्परको ठक्करबाट महिलाको मृत्यु, सडक अवरुद्ध

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१३ भ्युडरटोलमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शुक्रबार...

बाँकेमा मोतिविन्दुका बिरामी बढ्दै

काठमाडौँ । बाँके जिल्लाका ग्रामीण र शहरी क्षेत्रमा पछिल्लो समयमा मोतिविन्दुका बिरामीको संख्या बढ्दै...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा...