बाँकेमा मोतिविन्दुका बिरामी बढ्दै

Published on

काठमाडौँ । बाँके जिल्लाका ग्रामीण र शहरी क्षेत्रमा पछिल्लो समयमा मोतिविन्दुका बिरामीको संख्या बढ्दै गएको देखिएको छ। जिल्लामा समय समयमा आयोजना गरिने निःशुल्क आँखा उपचार शिविरमा मोतिविन्दुका बिरामी बढी देखिने गरेको पाइएको छ। नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालका अनुसार गत वर्ष बाँकेका विभिन्न पालिकामा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा धेरै मोतिविन्दुका बिरामी भेटिएका थिए भने यस वर्ष पनि त्यस्ता बिरामी बढ्दै गएको छ।

कोहलपुर नगरपालिकामा हाल सञ्चालन भइरहेको निःशुल्क आँखा जाँच शिविरमा पनि ठूलो संख्यामा मोतिविन्दुका बिरामी भेटिएका छन्। तिलगंगा आँखा प्रतिष्ठान र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा तीन दिन सञ्चालन भएको शिविरमा ८९५ जनाले सेवा लिएका थिए। तीमध्ये १६९ जना मोतिविन्दुका बिरामी शल्यक्रियाका लागि छनोट गरिएको कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले जानकारी दिनुभयो।

विवरणअनुसार, वडा नं. १५ स्थित नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र अकलघरवामा २६६ जनाले आँखा जाँच सेवा लिएका थिए, जसमा १७७ महिला र ८९ पुरुष रहेका थिए। जाँचका क्रममा ४२ जनालाई मोतिविन्दु शल्यक्रियाका लागि छनोट गरिएको थियो। कोहलपुर नगरपालिका–४ स्थित रझेना स्वास्थ्य चौकीमा ३५५ जनाले सेवा लिएका थिए, जसमा २२५ महिला र १३० पुरुष थिए। यहाँ ६९ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको थियो। त्यसैगरी, नगरपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २७४ जनाले सेवा लिएका थिए। तीमध्ये १६७ महिला र १०७ पुरुष रहेका थिए, र ५८ जनालाई मोतिविन्दु अपरेशनका लागि छनोट गरिएको थियो।

नगर प्रमुख आचार्यका अनुसार, निःशुल्क आँखा शिविरमार्फत ग्रामीण र शहरी क्षेत्रका आँखासम्बन्धी समस्याग्रस्त बिरामीलाई सेवा प्रदान गर्न तथा उपचारको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कोहलपुरमा निःशुल्क आँखा शिविर आगामी १५ गतेसम्म सञ्चालन हुनेछ। शल्यक्रियाका लागि छनोट भएका बिरामीको अपरेशन चैत १६, १७ र १८ गते कोहलपुर नगर अस्पतालमा नि:शुल्क हुनेछ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...