जेनजी आन्दोलनका बेला हिरासतबाट फरार युवक खोटाङमा पक्राउ

Published on

काठमाडौं । जेनजी आन्दोलनको क्रममा काभ्रेमा रहेको प्रहरी हिरासतबाट फरार भएका एक युवक खोटाङमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६, केराबारीका २३ वर्षीय प्रबिन मगर रहेका छन्। मगरमाथि जबरजस्ती करणीको आरोपमा अनुसन्धान चलिरहेको थियो। उनी गत भदौ २४ गते जेनजी आन्दोलनका बेला काभ्रेको बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थिए।

करिब दुई महिनापछि प्रहरीको खोजतलासका क्रममा मगरलाई इलाका प्रहरी कार्यालय चिसापानीले कात्तिक २० गते आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका मगरलाई थप कारबाहीका लागि बनेपा इलाका प्रहरी कार्यालयबाट आएको टोलीलाई कात्तिक २२ गते जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...