आयोजक टु स्टार क्लबलाई पुरुष र महिला दुबै विधामा उपाधी

Published on

काठमाडौं ।  ऐतिहासिक बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगितामा आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब, इम्बुङ विजेता बनेको छ । आयोजक क्लवले पुरुष र महिला दुवै विधामा उपाधी जित्न सफल भएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा शनिबार साँझ सम्पन्न पुरुष तर्फको फाइनल खेलमा आयोजक टु स्टार क्लबले तिजोक युवा क्लब नवमीडाँडालाई टाइब्रेकरमा ३ का विरुद्ध चार गोलले पराजित गर्दै उपाधी हात पारेको हो ।

निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो ।

विजेता टु स्टार क्लबले नगद एक लाख १५ हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको तिजोक युवा क्लब नवमीडाँडाले ७० हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

यसैगरी, महिलातर्फको उपाधि पनि आयोजक टु स्टार क्लबले आफ्नै पोल्टामा पार्न सफल भयो । खेलमा आयोजक क्लबले फेमेसुवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै विजेता बनेको हो ।

महिला विजेता टु स्टार क्लबले १५ हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फेमेसुवा क्लबले आठ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बराहक्षेत्र कात्तिके पूर्णिमा मेलासँगै फाल्गुनन्द गाउँपालिका–२, इम्बुङस्थित सत्यहाङ्मा माध्यमिक विद्यालयको इनम खेलमैदानमा कात्तिक १७ गतेदेखि प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको आयोजना टु स्टार ग्रामीण सिर्जनशील क्लबले गरेको हो । क्लबका अध्यक्ष अर्जुन नेम्वाङका अनुसार यस्ता प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...