सहिद लखन गाउँपालिकामा सोमबार सार्वजानिक बिदा

Published on

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकाले सोमबार सार्वजानिक बिदा दिइएको छ । गाउँपालिकाको २ र ३ नम्बर  वडामा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गुठी पञ्चमीको अवसरमा विशेष पूजा तथा मेला लाग्ने भएकाले आज बिदा दिने निर्णय गरिएको हो ।

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले गुठी पञ्चमीका अवसरमा स्थानीय धर्म, सस्कृति र परम्पराको संरक्षणका लागि सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय र संस्था बन्द रहने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

प्रत्योक वर्ष गुठी पञ्चमीका दिन मनकामना मन्दिरमा देशभरका भक्तजनको भीड लाग्ने भएकाले मन्दिर परिसरमा विशेष पूजा, बली तथा धार्मिक संस्कारहरु सम्पन्न गरिन्छ । यस वर्ष पनि हजारौँ भक्तजनहरुले देवीका दर्शनका लागि मनकामना पुग्ने अपेक्षा गरिएको छ ।

पालिकाले मेलाको समयमा श्रद्धालुहरुको सुरक्षाका लागि अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने, स्वास्थय सेबा र सरसफाईका व्यवस्था गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ । गुठी पञ्चमीका दिन मनकामना मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यटकिय दृष्टिले अत्यन्त सक्रिय बन्ने भएकाले पालिकाले स्थानीय पहिचान र संस्कृति प्रवर्धनको अवसरको रुपमा लिइएको छ ।

सार्वजनिक बिदा घोषण गरेसँगै सोमबार सहिद लखन गाउँपालिकाअन्तर्गतका सबै विद्यालय, सरकारी कार्यालय र सेवा प्रदायक संस्था बन्द रहने छन् ।  

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...