ट्रामाडोलसहित दुई जना नियन्त्रणमा

Published on

काठमाडौं । प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले ट्रामाडोल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आइतबार साँझ ५ बजेको समयमा  रौतहट चन्द्रपुर  नगरपालिका –४ स्थित पूर्व, पश्चिम लोक मार्गस्थित ट्राफिक चेकपईन्टमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म.प्र. ०३२ ०२५ प ९७२१ नं.को स्कुटर चेकजाचको क्रममा एक सय तीस पिस ट्रामाडोल सहित  दुई जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गले बताउनुभयो ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१६ तामाङटोल बस्ने हेमबहादुर वाइवाको २७ वर्षीय छोरा बुद्ध सिंह वाइवा र सर्लाही  हरिवन नगरपालिका –३ श्रीपुर बस्ने भिमबहादुर योञ्जन को २४ वर्षीय छोरा शरिन योञ्जन रहेको उहाँले  जानकारी दिनुभयो । स्कुटरको हेन्डेलमा रेनकोटको झोलामा ट्रामाडोल लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...