ग्रामीण विद्युतीकरणका लागि समन्वय

Published on

काठमाडौं । ग्रामीण विद्युतीकरण परियोजनाका कामलाई प्रभावकारी र समयमा सम्पन्न गर्न स्थानीय तहसँग सहकार्य र समन्वय गर्ने निर्णय गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षतामा बसेको बैठकले अहिले जारी नेपाल विद्युत् प्राधिकरण र एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कको सहकार्यमा सञ्चालन भइरहेको ग्रामीण विद्युतीकरण परियोजनाका काम  गुणस्तरीय ढङ्गले सम्पन्न गर्न निर्देशनसमेत दिइएको छ । परियोजनाअन्तर्गत जिल्लाका आठ वटा पालिकामा विद्युतीकरणको काम भइरहेको हो ।  

यसका लागि प्रत्येक कार्यक्षेत्रमा स्थायी रूपमा प्रतिनिधि रहने व्यवस्था मिलाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । स्थानीय आवश्यकता र माग अनुसार पोल लाइनको एलाइन्मेन्ट मिलाउँदै विद्युत् पूर्वाधार व्यवस्थापनका कार्य अघि बढाउन दिर्नेशन दिएको हो । 

नेपाल सरकारले विभिन्न निकायबाट प्राप्त भएका पोलको विवरण सङ्कलन गरी नेपाल विद्युत् प्राधिकरण र कालीकोट वितरण केन्द्रको समन्वयमा लाइन विस्तार कार्य तुरुन्त सुरु गर्न सम्बन्धित पक्षलाई ताकिता दिने निर्णय पनि बैठकले गरेको छ । जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर उज्ज्वलबहादुर शाहीले विद्युत् विस्तारको कामको जिम्मा लिएका ठेकेदार कम्पनीले काममा लापर्बाही गरेको गुनासोपछि सबै स्थानीय तहका जनप्रतिनिधिलाई समेत राखेर निर्णय भएको बताउनुभयो । 

उहाँले निर्माण भइरहेका ठाउँमा साइट अफिस र ठेकेदार कम्पनीका प्रतिनिधिलाई स्थायी रूपमा जिल्लामा रहन निर्देशन दिइएको बताउनुभयो । यसले गर्दा कामको गुणस्तर र कार्यसम्पादनमा ढिलाइ नहोस् भन्ने उद्देश्य रहेको उहाँको भनाइ छ । गोरखापत्र   

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...