अन्तरिक्षमा भग्नावशेषले क्षतिग्रस्त यानपछि चिनियाँ अन्तरिक्ष यात्रीहरूको सुरक्षित फर्काइ

Published on

काठमाडौं । चीनका तीन अन्तरिक्ष यात्री आफ्नै देशको अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फस्नुपरेपछि, प्रतिस्थापन चालक दल ल्याइएको नयाँ अन्तरिक्ष यान प्रयोग गरी शुक्रबार सुरक्षित रूपमा पृथ्वी फर्केका छन् । चीनको अन्तरिक्ष एजेन्सीका अनुसार ती अन्तरिक्ष यात्रीहरू सवार शेनझोउ–२० यान अन्तरिक्ष भग्नावशेषले प्रहार भएपछि क्षतिग्रस्त बनेको थियो ।

उनीहरूले छ महिनादेखि तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा परिक्रमा गरिरहेका थिए र नयाँ चालक दल स्टेशनमा पुगेको चार दिनपछि नोभेम्बर ५ मा उनीहरू फर्कने प्रारम्भिक तालिका थियो । तर, फर्किने तयारी हुँदै गर्दा शेनझोउ–२० को रिटर्न क्याप्सुलको झ्यालमा सानो दरार देखिएपछि उनीहरूको मिशन एक हप्ताभन्दा बढी ढिलाइ भएको हो । झ्यालनमा दरार देखिुनको कारण उच्च गतिमा गुड्ने अन्तरिक्ष भग्नावशेष रहेको अनुमान गरिएको छ ।

प्रक्षेपण र अन्तरिक्षमा हुने टक्करबाट उत्पन्न लाखौँ सूक्ष्म भग्नावशेषहरू गोलीभन्दा तेज गतिमा निरन्तर पृथ्वीको परिक्रमा गरिरहेका हुन्छन् । यस्ता कणहरूले उपग्रह, अन्तरिक्ष स्टेशन तथा बाहिरी भागमा कार्यरत अन्तरिक्ष यात्रीहरूलाई जोखिम निम्त्याउने भएकाले सुरक्षा सतर्कता अत्यन्त आवश्यक मानिन्छ ।

चीनको म्यान्ड स्पेस इन्जिनियरिङ कार्यालयका अनुसार चेन डोङ, चेन झोङरुई र वाङ्ग जी शेनझोउ–२१ यानमार्फत सुरक्षित रूपले पृथ्वी फर्कनुभएको हो । शेनझोउ–२० भने कक्षमै रहनेछ ।

कार्यालयले यसै हप्ताको सुरूमा तियाङ्गोङ स्टेशनमा कार्यरत चालक दल ‘राम्रो स्वास्थ्य अवस्थामा, नियमित काममा व्यस्त र सामान्य जीवनशैलीमा’ रहेको जनाएको थियो । चीनले सन् २००३ मा मानवसहित अन्तरिक्ष उडान सुरु गरेपछि निरन्तर प्रगति गर्दै आएको छ । आफ्नै अन्तरिक्ष स्टेशन स्थापनापछि देशले अब सन् २०३० सम्ममा मानवलाई चन्द्रमामा अवतरण गराउने महत्त्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ ।

त्यसबाहेक, पछिल्लो शेन्झोउ–२१ मिसनमार्फत चारवटा मुसा पनि अन्तरिक्षमा पठाइएका थिए, जसको उद्देश्य भारहीनता र बन्द वातावरणले जीवजन्तुमाथि पार्ने प्रभावबारे अध्ययन गर्नु हो ।  रासस/एपी

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...