ऋण लिएर बनाएको संरचना अलपत्र

Published on

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले ११ वर्षअघि विश्व बैङ्कसँग ऋण लिएर बनाएको नारायणस्थान फूलबारीको ऐतिहासिक संरचना सात वर्षदेखि प्रयोगमा आउन सकेको छैन ।  नगरपालिकाले उपयोग गर्न नसक्दा ऋण लिएर बनाइएका संरचना जीर्ण बनेर अहिले पुनर्निर्माण गर्ने अवस्था बनेको छ । ऋण लिएर बनाइएका ऐतिहासिक संरचनालाई पर्यटकीय स्थल बनाउने नगरपालिकाको योजना थियो तर उक्त स्थानमा बनेका ऐतिहासिक पाटीपौवा, शौचालय, स्नानघरलगायतका संरचना प्रयोगमा नआई जीर्ण बन्न थालेका छन् । 

विश्व बैङ्कसँग तीन करोड ८० लाख रुपियाँ ऋण लिएर २०६९ चैत ८ देखि तीन स्थानका ऐतिहासिक संरचना बनाउन सुरु गरिएको थियो । निर्माण व्यवसायीले पुराना र जीर्ण संरचनाको निर्माण तथा मर्मतसम्भार गरेर नगरपालिकालाई हस्तान्तरण गरिसकेको सात वर्ष बितिसकेको छ तर निर्माण भएका संरचनाको प्रयोग र रेखदेख हुन नसक्दा ती संरचना जीर्ण बनेको तानसेनका स्थानीय बासिन्दाले बताएका छन् । नगरपालिकाले ऐतिहासिक नारायणस्थान वरपरको फूलबारीलाई प्रयोगमा ल्याउन नसक्दा पाटीपौवा, विश्रामस्थल, शौचालय भत्किएका छन् ।

 इतिहासविद् निर्मल श्रेष्ठले गर्मी मौसममा शीतल चाहने मानिसका लागि आराम गर्ने स्थान, विवाहमण्डप तथा हाटबजारका लागि समेत फूलबारी प्रयोग गर्न सकिने भए पनि नगरपालिकाले ध्यान नदिएको गुनासो गर्नुभयो । बनिसकेका संरचनालाई उपयोग गरेर नगरपालिकाले आम्दानी गर्न र यसको संरक्षण गर्न नसकेको बताउनुभयो । 

तानसेन नगरपालिकाले नारायणस्थान फूलबारीलाई प्रयोगमा ल्याउने विषयमा हालसम्म योजना बनाउन सकेको छैन । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले भने फूलबारी सञ्चालन गर्न बजेट अभाव भएको दाबी गर्नुभयो ।  उहाँले आफूहरू निर्वाचित हुनुअघि नै सबै संरचना टुटफुट भएकाले पुनः फुटेका संरचना बनाउन बजेट अभाव हुँदा समस्या भएको बताउनुभयो । नारायणस्थान मन्दिर सेन वंशको पतनपछि विसं १८६३ मा मुख्तियार अमरसिंह थापाले बनाउन लगाएका थिए । नारायणस्थान मन्दिरभित्रका टुँडालमा कामुककलाका आकृति कोरिएका छन् । जसले दर्शनार्थी र अवलोकनकर्तालाई आकर्षित गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...