राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्सिरको अन्तिम साता हुने

Published on

काठमाडौं । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मङ्सिरको अन्तिम साता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङक बसेको बैठकले मङ्सिर २६ र २७ गते प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । खेलकुद विकास समिति र जिल्ला समन्वय समिति बागलुङ, जिल्लास्थीत सम्पूर्ण स्थानीय तहका प्रमुख प्रतिनिधि सहितको बैठकले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङ नगरपालिका—१ बाँगेचौर खेलमैदानमा गर्ने निर्णय गरेको हो ।

जिल्लास्तरीय प्रतियोगिताका लागि छिटो पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरी प्रतियोगिता विद्यार्थी खेलाडी पठाउन जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि सरकारले कुनै बजेट विनीयोजन नगरेकाले स्थानीय तहसँग सहयोग उठाएर प्रतियोगिता गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले बताउनुभयो ।

‘‘जिल्लास्तरीय प्रतियोगिता गर्नका लागि प्रदेशले  रकम पठाउन छोड्यो, हामीले स्थानीय पालिकासँगै सहयोग मागेर कार्यक्रम गर्दैछौं,’’ उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाबाट ४० हजार र नगरपालिकाबाट ६० हजारका दरले सहयोग उठाएर प्रतियोगिता गर्न लागिएको कडेलले बताउनुभयो ।’’ यसवर्ष प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगिता पनि बागलुङमा हुने बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...