सत अर्ब ३६ करोडको आयात र आठ करोड ३८ लाखको निर्यात

Published on

काठमाडौं । उपल्लो मुस्ताङको कोरला नाकाबाट हुँदै तीन महिनाको अवधिमा चीनबाट सात अर्ब ३६ करोडभन्दा बढि मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । लोमान्थाङ गाउँपालिकास्थित नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयल हुँदै कात्तिक ३० सम्म सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार रूपियाँको सामान आयात गरिएको हो । गत भदौ महिनाको ३० गतेदेखि व्यवसायिक रूपमा नाका सञ्चालनमा आएपछि नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ हुँदै लिजी–नेचुङ (कोरला)बाट सबैभन्दा धेरै आयात हुनेमा एक हजार सात सय २६ वटा विद्युतीय (ईभी) गाडी रहेको छ ।

पैठारीतर्फ ८९७ मालवाहक, कन्टेनर जाँचपाससँगै तीन अर्ब ६२ करोड ६९ लाख ३१ हजार २४ रुपियाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताउनुभयो । प्रमुख खड्का भन्नुहुन्छ, ‘‘भन्सार र नाकामा चहलपहल छ, चिसो बढेपनि चिनियाँ भन्सारबाट सामानहरू आउने क्रम रोकिएको छैन ।’’ चीनबाट आयात मात्रै नभएर निर्यातमा पनि भइरहेको छ ।

नेपालमा उत्पादन हुने हस्तकला, कपडा लगायतका सामान ५४ ट्रकमार्फत करिब आठ करोड ३८ लाख ६३ हजार रुपियाँको बस्तु तथा समान निर्यात गरिएको भन्सार प्रमुख खड्काको भनाइ छ । आयातको तुलनामा निर्यात निकै कम भएकाले तिब्वती बजार क्षेत्रमा आवश्यक पर्ने बस्तु तथा सामान उत्पादन गरी बजारीकरण गर्नुपर्ने भन्सार प्रमुख खड्काले बताउनुभयो । भन्सार कार्यालय, कोरला नाकाको तापक्रम माइनस १५ डिग्रीको हाराहारीमा पुग्ने गरेको अवस्थामा नाकाबाट भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडकमा जमेको हिउँ पन्छाउँदै सामान ढुवानी गर्ने गरिएको छ ।

समुन्द्री सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकाबाट आयात गरिएका विद्युतीय सवारीसाधनसहित अन्य सामान कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म लैैजान दुई सय ५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो । वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका गएको भदौ महिनाको ३० गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको थियो । यो नाका नेपालका दुई छिमेकी मुलुक भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो र सहज बनाउन कालीगण्डी करिडोर निर्माण भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...