सत अर्ब ३६ करोडको आयात र आठ करोड ३८ लाखको निर्यात

Published on

काठमाडौं । उपल्लो मुस्ताङको कोरला नाकाबाट हुँदै तीन महिनाको अवधिमा चीनबाट सात अर्ब ३६ करोडभन्दा बढि मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । लोमान्थाङ गाउँपालिकास्थित नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयल हुँदै कात्तिक ३० सम्म सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार रूपियाँको सामान आयात गरिएको हो । गत भदौ महिनाको ३० गतेदेखि व्यवसायिक रूपमा नाका सञ्चालनमा आएपछि नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ हुँदै लिजी–नेचुङ (कोरला)बाट सबैभन्दा धेरै आयात हुनेमा एक हजार सात सय २६ वटा विद्युतीय (ईभी) गाडी रहेको छ ।

पैठारीतर्फ ८९७ मालवाहक, कन्टेनर जाँचपाससँगै तीन अर्ब ६२ करोड ६९ लाख ३१ हजार २४ रुपियाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताउनुभयो । प्रमुख खड्का भन्नुहुन्छ, ‘‘भन्सार र नाकामा चहलपहल छ, चिसो बढेपनि चिनियाँ भन्सारबाट सामानहरू आउने क्रम रोकिएको छैन ।’’ चीनबाट आयात मात्रै नभएर निर्यातमा पनि भइरहेको छ ।

नेपालमा उत्पादन हुने हस्तकला, कपडा लगायतका सामान ५४ ट्रकमार्फत करिब आठ करोड ३८ लाख ६३ हजार रुपियाँको बस्तु तथा समान निर्यात गरिएको भन्सार प्रमुख खड्काको भनाइ छ । आयातको तुलनामा निर्यात निकै कम भएकाले तिब्वती बजार क्षेत्रमा आवश्यक पर्ने बस्तु तथा सामान उत्पादन गरी बजारीकरण गर्नुपर्ने भन्सार प्रमुख खड्काले बताउनुभयो । भन्सार कार्यालय, कोरला नाकाको तापक्रम माइनस १५ डिग्रीको हाराहारीमा पुग्ने गरेको अवस्थामा नाकाबाट भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडकमा जमेको हिउँ पन्छाउँदै सामान ढुवानी गर्ने गरिएको छ ।

समुन्द्री सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकाबाट आयात गरिएका विद्युतीय सवारीसाधनसहित अन्य सामान कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म लैैजान दुई सय ५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो । वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका गएको भदौ महिनाको ३० गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको थियो । यो नाका नेपालका दुई छिमेकी मुलुक भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो र सहज बनाउन कालीगण्डी करिडोर निर्माण भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...