एएफसी एसियन कप छनोटमा बाहिरिएको नेपाल आज मलेसियासँग प्रतिष्ठाको खेल खेल्दै

Published on

काठमाडौं । एएफसी एसियन कप छनोटबाट बाहिरिएको नेपालले अन्तिम चरणअन्तर्गत मङ्गलबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्ने तयारी पूरा गरेको छ। क्वालालम्पुरस्थित बुकित जलिल नेशनल स्टेडियममा साँझ ६:४५ बजे सुरु हुने खेलमा नेपालले आफ्नो कमजोरी सुधार गर्दै सकारात्मक प्रदर्शन निकाल्ने लक्ष्य राखेको छ। करिब ६ महिनापछि नेपाल र मलेसिया दोहोरो मुकाबिलामा उत्रिदैछन्।

यसै छनोटको पहिलो लेगमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो, जसले आजको खेल नेपालका लागि ‘बदला लिने’ अवसरको रूपमा देखिएको छ। समूह ‘एफ’ का सबै टोलीहरूले चार–चार खेल सकेपछि मलेसिया शतप्रतिशत जितसहित १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ। यस समूहमा भियतनाम र बङ्गलादेश पनि प्रतिस्पर्धामा छन्।

सबै खेलमा हार व्यहोरेको नेपालले मलेसियाविरुद्धको भिडन्तअघिको तयारीमै बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो, जहाँ दुवै टोली २–२ गोलको बराबरीमा रोकिएका थिए। छनोटबाट बाहिरिसकेकाले आजको खेल नेपालका लागि अनुभव बटुल्ने र प्रतिष्ठा जोगाउने अवसर हुनेछ, भने मलेसियाका लागि जितले एसियन कपमा प्रवेशको ढोका झनै खोल्नेछ। नेपाल र मलेसियाबीचको यो खेल सामान्यतया दशरथ रङ्गशालामा हुनुपर्ने थियो, तर एएफसीले रङ्गशालालाई अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य ठहराएपछि नेपालले आफ्नै घरेलु खेल समेत विदेशी मैदानमा खेल्नुपर्ने अवस्था बनेको हो।

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...