काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिन मङ्गलबार दुई रोचक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ। चितवनले टस जितेर पहिले बलिङ रोजेको छ भने टस हारेको कर्णालीले पहिले ब्याटिङ गर्दै खेल सुरु गरेको छ। चितवनको कप्तानी कुशल मल्लले र कर्णालीको कप्तानी सोमपाल कामीले सम्हाल्दै आएका छन्। दुवै टोली दोस्रो सिजनमा राम्रो सुरुवात गर्ने लक्ष्यमा छन्।
साँझ ४:०० बजे अर्को डे–नाइट खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुनेछ। विराटनगरको नेतृत्व सन्दीप लामिछानेले र पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्।

