एनपिएल: कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दियो

Published on

काठमाडौं । ओपनर प्रियाङ्क पान्चालको ९० रनको विस्फोटक अर्धशतकको सहायतामा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई १६७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६६ रन बनायो। पान्चालले ४८ बलमा सात चौका र छ छक्काको सहयोगमा उक्त रन बनाएका थिए। त्यस्तै, पवन सर्राफले अविजित २७, म्याक्स ओ डाउडले २० र मार्क वाटले १६ रन योगदान गरे। बलिङतर्फ चितवनका सैफ जइव, रवि बोपरा र सोहिल तान्भिरले एक–एक विकेट लिए। गोरखापत्र

spot_img

ताजा समाचार

बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च...

धनकुटामा समानुपातिक मतगणना सकियो : एमाले पहिलो, रास्वपा दोस्रो

काठमाडौँ — धनकुटा जिल्ला को प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा नेपाल कम्युनिस्ट पार्टी...

रवि लामिछानेको मुद्दा संशोधनसम्बन्धी निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको संगठित...

दाङमा १० हजारभन्दा बढी मत बदर

काठमाडौं । दाङ जिल्ला मा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजारभन्दा...