इलाम–१ मा मतगणना ढिलो : साँघुरो स्थल, सीमित जनशक्ति र विवादका कारण परिणाम आउन समय

Published on

काठमाडौं । इलाम–१ मा मतगणना सुरु भएको चौथो दिनसम्म पनि अन्तिम परिणाम सार्वजनिक हुन सकेको छैन। कुल ६३ हजार ६ सय ९५ मत खसेको यस क्षेत्रमा गणना ढिलो भइरहेकाले सर्वत्र चासो बढेको छ। इलामका अग्रज पत्रकार सटेन्द्र जबेगू का अनुसार राजनीतिक दलहरूको सहमतिमा एक–एक बुथका मत पालैपालो गणना गर्ने प्रक्रिया अपनाइएकाले समय बढी लागिरहेको छ। साथै गणनास्थल साँघुरो हुनु र सीमित जनशक्ति मात्रै खटाइनु पनि ढिलाइको मुख्य कारण रहेको उनले बताए।

उनका अनुसार प्रत्येक मतपेटिकाबाट मत निकालेर छुट्याउने (सर्टिङ) काम पालैपालो गरिँदा प्रक्रिया लम्बिने गरेको छ। सुरुदेखि नै उम्मेदवारबीच मतान्तर कम भएकाले गणनास्थलमा उपस्थित दलका प्रतिनिधिहरूबीच बेलाबेला हुने विवादले पनि गणनामा अवरोध सिर्जना गरिरहेको छ।

यहाँ खसेको ६३ हजार ९ सय ९५ मतमध्ये आइतबार बिहान ११ः४० बजेसम्म ५७ हजार ३ सय ९७ मत गणना भइसकेको छ। अझै ६ हजार ५ सय ९८ मत गणना गर्न बाँकी रहेको छ। बाँकी मत गणना गर्न सोमबार दिउँसो २ बजेसम्म लाग्न सक्ने अनुमान गरिएको छ। साविक मेची अञ्चल का चार जिल्लामध्ये तीन जिल्लाको मतपरिणाम आइतबार नै सार्वजनिक भइसकेको छ। अब उक्त अञ्चलमा इलाम–१ को परिणाम मात्रै आउन बाँकी रहेको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...