तेम्बा बजारमा मध्यरातिको आगलागी: चार घर नष्ट, एक करोड १८ लाखभन्दा बढी क्षति

Published on

काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१, तेम्बा बजारमा भएको आगलागीले ठूलो धनजनको क्षति पुगेको छ । मङ्गलबार मध्यराति बजार क्षेत्रका चार घर पूर्णरूपमा जलेर नष्ट हुँदा करिब एक करोड १८ लाख रुपैयाँभन्दा बढी क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

आगलागीले स्थानीय व्यापारी इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बू का घर–व्यवसाय पूर्णरूपमा ध्वस्त भएका छन्। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार सबैभन्दा धेरै राजकुमार लिम्बूको करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै इन्द्रकुमारको ४३ लाख, अनिलको २० लाख र विष्णुप्रसादको पाँच लाख बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

इन्द्रकुमारको घरमा डेरा गरी बसिरहेका दोर्ची शेर्पाको करिब २५ मन अलैंची समेत जलेर नष्ट भएको छ। साथै आगलागीले दुई मोटरसाइकल, सुन–चाँदी, नगद, पशु चौपाया, लत्ताकपडा, खाद्यान्नसहितका आवश्यक कागजातहरू पनि नष्ट भएको प्रहरीले जनाएको छ।

रातको समय भएकाले उद्धार गर्न नसकिएका सामग्री धेरै रहेका र आगो नियन्त्रणका लागि दमकल र पानीको अभाव परेको स्थानीयवासीहरू बताउँछन्। आगो बिहान साढे ५ बजे नियन्त्रणमा ल्याइएकाे हो। पार्किङ गरेर राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। गोरखापत्र

spot_img

ताजा समाचार

जेनजी आन्दोलन छानबिन आयोगको निष्कर्ष,दोषी तत्कालीन नेतृत्व

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक...

तनहुँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपा प्रथम

काठमाडौं । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ...

चुनाव जितेपछि उत्सव नगरी किताब बिक्री गर्दै महावीर पुन

काठमाडौं । चुनाव जितेका कतिपय उम्मेदवारहरु यतिखेर उत्सव मनाउन व्यस्त छन् । तर म्याग्दीबाट...

तनहुँमा पूर्वमन्त्री न्यौपानेसहित २३ उम्मेदवारको जमानत जफत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको...