सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी विजयी

Published on

काठमाडौं । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी हुनुभएको छ । उहाँले ३२ हजार ८७५ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चौधरीका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव १५ हजार २३९ मत ल्याउनुभयो ।

यसै गरी सप्तरी ३ बाट यस अघिको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरी तेस्रो स्थानमा सिमित रहनुभएको छ । जिल्ला चार वटा क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा रास्वपाका पुष्पा कुमारी चौधरी, क्षेत्र नम्बर ४ मा सिताराम साह गरी तीन क्षेत्रमा रास्वापाले विजयी प्राप्त गरी सकेको छ भने क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उम्मेदवार रामजी यादवले फराकिलो अग्रता कायम राख्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...