गलकोट कप भलिबल : पिरो स्पोर्टस् क्लब र जैमिनी विजेता

Published on

काठमाडौं । भलिबलको उर्वर भूमि मानिने गलकोटमा आयोजित गलकोट कप भलिबलको उपाधी पिरो स्पोर्टस् क्लव जापान, गलकोट नगरपालिका–५ ले जितेको छ । जिल्ला भलिबल संघ बागलुङको आयोजना र गलकोट नगर भलिबल संघको समन्वयमा आयोजित खुल्ला वडास्तरीय ‘गलकोट कप’ भलिबल प्रतियोगितामा मङ्गलबार सम्पन्न फाइनल खेलमा पिरो स्पोर्टस् क्लव जापान गलकोट–५ ले गलकोट स्पोर्टस् क्लब जापान गलकोट–१० लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।  

फाइनल खेलमा पिरो स्पोर्टस् क्लवले गलकोट स्पोर्टस् क्लबलाई २५–१९, २५–२३ र २५–१९ सेटमा पराजित गर्दै गलकोट कप जितेको हो । पहिलो सेटमा जित निकाले पनि गलकोट स्पोर्टस् क्लवले लगातार तीन सेटमा पराजित हुँदै उपविजेतामा चित्त बुझायो । प्रतियोगिताको विजेता टोली पिरो स्पोर्टस् क्लबले नगद दुई लाख एक हजार एक सय ११ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता गलकोट स्पोर्टस् क्लबले एक लाख एक हजार एक सय ११ रुपिायाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, पालिकास्तरीय महिला भलिबलको उपाधि जैमिनी नगरपालिकाले जितेको छ ।  मङ्लबार सम्पन्न फाइनल खेलमा जैमिनीले मंगला गाउँपालिका म्याग्दीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधी जितेको हो । जैमिनिले मंगलामाथि २५–२१, २५–२१ र २५–२२ सेटमा जित निकालेको हो । तेस्रो सेट जितेपनि मंगलाले तीन सेटमा हार व्यहोर्‍यो । विजेता जैमिनीले नगद एकाउन्न हजार, एक सय ११, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता मंगलाले तीस हजार १ सय ११ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...