अछामको मेल्लेख गाउँपालिकाले हटायो ४८ जना करार कर्मचारी, सेवा प्रवाहमा समस्या

Published on

काठमाडौं । अछामको मेल्लेख गाउँपालिकाले करारमा कार्यरत ४८ जना कर्मचारीहरूको नियुक्ति खारेज गरेको छ । गत कात्तिक ३० गते बसेको ७ औं कार्यपालिका बैठकले करारमा कार्यरत ४८ जना अस्थायी कर्मचारीको करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो । मल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सङ्गीता ताम्राकारले पालिकामा कार्यरत अस्थायी कर्मचारीहरूको करार सम्झौता रद्द गरिएको जानकारी दिनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार, कार्यपालिका बैठकले करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौँता रद्द गर्ने निर्णय गरेसँगै मङ्सिर १ गतेदेखि करार कर्मचारीहरू कार्यालयमा हाजिर नभएको उहाँले बताउनुभयो ।

मेल्लेख गाउँपालिकामा करारमा कार्यरत रेडियोग्राफर एक जना, ल्याब ४ जना, अनमी ६ जना, स्टाफ नर्स एक जना, मेडिकल अधिकृत एक जना, वडा सहायक ८ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना, आँखा उपचार केन्द्रमा कार्यरत ३ जना, प्राविधिक ३ जना, खेलकुद प्रशिक्षक १ जना, रोजगार शाखामा कार्यरत २ जना स्वीपर ८ जना र ५ जना कार्यालय सहयोगीको करार सम्झौता रद्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताउनुभयो । अस्थायी कर्मचारीहरूको करार सम्झौता रद्द गरिएपछि सेवा प्रभावहमा जटिलता थपिएको जनाइएको छ । कर्मचारी अपुग भएपछि कार्यालयका नियमित कामकाज प्रभावित बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताउनुभयो । उहाँका अनुसार, हाल आँखा उपचार केन्द्र बन्द भएको छ भने, मेडिकल अधिकृत नहुँदा अहिले एक जना अहेबको भरमा सेवा सुचारु भइरहेको छ ।

“कर्मचारी अपुग त भएको छ,’’ उहाँले भन्नुभयो, ‘‘सरकारको नीति नमानौँ भने पनि भएन, सेवा प्रवाहमा भने समस्या भएको छ ।” अहिले कार्यालयको सरसफाइमा समेत समस्या भएको उहाँले बताउनुभयो । खाली दरबन्दीहरूको प्रक्रिया पुर्‍याएर परीक्षाको माध्यमबाट आवश्यक कर्मचारी नियुक्ति गर्न प्रक्रिया अगाडि बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...