पानीको महत्व :मुहान सुक्यो बसाइँ पनि सर्‍यो

Published on

काठमाडौं । उपल्लो मुस्ताङ लोघेकर दामोदरकुण्ड गाउँपालिका–५, ध्ये गाउँका छिरिङ ढुक्के गुरुङ गाउँघरनजिकको पानीको मुहान सुकेपछि बसाइँसराइ गर्ने निर्णयमा पुग्नुभयो । कृषि र च्याङ्ग्रापालन पेसामा सक्रिय गुरुङ जस्तै झवाङ वाङचुक, डिन्डु गुरुङलगायत गाउँका २८ घरपरिवारले थाङचुङमा बसाइँसराइ गरेका छन् । कृषि र पशुपालनमा निर्भर यो समुदायका बासिन्दा जलवायु परिवर्तनका परम्परागत मुहान सुकेर सिँचाइका लागि आवश्यक पानी नभएपछि कृषिमा निर्भर ध्येका बासिन्दाले आन्तरिक बसाइँसराइ गर्न बाध्य भएका छन् । 

हाल यहाँका धेरै जसो परिवारले पानीको स्रोत खोज्दै आफ्नो व्यवसायलाई निरन्तरता दिन थाङचुङमा बसाइँसराइ गरेको स्थानीय डिन्डु गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “खानेपानी र सिँचाइको समस्याले गाउँ छोड्नु प¥यो, पानी नभएपछि हामी जस्ता धेरै गाउँलेलाई उठिबास भयो ।” यो क्षेत्रमा हिउँदमा हिउँ नपर्ने र बर्खामा धेरै पानी पर्ने समस्या रहेको गुरुङको भनाइ छ । पर्याप्त खेतीयोग्य जमिन भए पनि सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझो रहेको छ । 

समुद्री सतहदेखि चार हजार मिटर उचाइमा रहेको ध्ये साबिक सुर्खाङ गाविस–९ मा पर्छ । यस क्षेत्रमा करिब डेढ दशकदेखि स्थानीयले खानेपानीको समस्या भोग्दै आएका छन् । हाल बर्खाको समयमा आफ्नो पुरानो घरजग्गामा रहेको ध्येगाउँमा पशुचौपायासहित गोठमा जाने गरेका छन् ।  तत्कालीन समयमा जिल्ला विकास समितिमार्फत गाविसको पहलमा बस्ती स्थानान्तरण गरिएकोमा आर्थिक अभावका कारण सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्ती बनाइएको पासाङ गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनले पानीको मूल सुके । पानीबिनाको जीवन कठिन हुँदो रहेछ । त्यसैले बस्ती छोड्न परेको छ ।” 

पानीको मूल सुकेपछि बसाइँ सरेको सो नदी किनारमा रहेको थाङचुङ बस्तीमा आवश्यक पर्ने पूर्वाधारसहितका संरचनाका लागि वडामार्फत बर्सेनि बजेट विनियोजनसमेत हुने गरेको छ । ५७४ वर्ग किलोमिटरमा रहेको यस वडामा ताङ्‍ग्या, ध्येखोला गाउँ र पुरानो ध्येमा कुल ५० घरधुरी रहेका छन् ।  पछिल्लो समय मुस्ताङमा नियमित वर्षा नहुने, उपल्लो मुस्ताङ क्षेत्रका बाढीपहिरोको समेत प्रकोपका साथै जल, जमिन, जङ्गल र हावाले असर गर्ने गरेको छ । जलवायु परिवर्तनका कारण मुस्ताङले भोगेको पीडा सुनाउन विभिन्न कार्यक्रम गरिए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासो देखाउने गरिएको छैन ।  गोरखापत्र 

spot_img

ताजा समाचार

स्कार्पिओको ठक्करबाट एकको मृत्यु, एक घाइते

काठमाडौं । सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको...

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

काठमाडौं । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल -याली गरिएको छ । ‘सबैका...

निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न खटिएका निर्वाचन प्रहरीलाई बिदाइ...

कांग्रेस सभापति थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौं । नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति...