राष्ट्रिय परिचयपत्र मार्फत एक हप्ता थपिए ६ हजार मतदाता

Published on

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावलीमा नाम समावेश गर्न पाउने व्यवस्था मिलाएको एक हप्तामा नै स्याङ्जामा ६ हजारभन्दा धेरै मतदाता थपिएका छन् । यही असोज २८ गतेदेखि मङ्सिर ५ गतेसम्म परिचयपत्रमार्फत ६ हजार तीन सय ८४ मतदाता थपिएका हुन् । सरकारले तोकेको यस पटकको अवधीमा जिल्लामा ८ हजार २२५ नयाँ मतदाता थपिएका छन् । राष्ट्रिय परिचयपत्र मार्फत नामावली समावेश गर्न पाउँदा विदेशमा रहेका तथा कामको शिलशिलामा बाहिर रहेकाहरु धेरै लाभान्वित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर २० गते मतदाताको प्रारम्भिक नामावली प्रकाशन हुने र त्यस पछि अद्यावदिकको काम सुरु हुने छ ।

नाम दोहोरो परेका, कागजात तथा रित नपुगेका, मृत्यु भएकाहरुको विवरण अद्यावदिक पश्चात पुस १५ मा अन्तिम नामावली तयार हुने प्रमुख थापाको भनाइ छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जामा मतदाता नामावली अध्याबधिक गर्ने काम पूरा भएपछि मात्रै जिल्लाको पूरा मतदाता विवरण तयार हुने उहाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...