माग र अन्तर्राष्ट्रिय बजार मूल्य बढेपछि सुन–चाँदी महँगियो

Published on

काठमाडौं । बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य उकासिँदा आज स्थानीय बजारमा सुन र चाँदी दुवैको भाउमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु २,४४,६०० पुगेको छ । शुक्रबार तोलामा रु २,४१,७०० मा कारोबार भएको सुन आज तीन हजार रुपैयाँ बढीमा किनबेच भइरहेको हो।

चाँदीको मूल्य पनि उक्लिएको छ । शुक्रबार प्रतितोला रु ३,१०० मा कारोबार भएको चाँदी आज बढेर रु ३,१३५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय सूचनास्रोतका अनुसार विश्व बजारमा आज एक औँस सुनको मूल्य ४,०६३ अमेरिकी डलर र चाँदी ५१ डलरमा कारोबार भइरहेको छ।

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...