जैमिनी चिनाउन ‘जैमिनी ऋषि’को मूर्ति तयार

Published on

काठमाडौं । बागलुङको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनी धामकोे महिमा चिनाउन पूर्वाधारलाई जोड दिएको छ । नगरपालिकाको प्रमुख धार्मिक गन्तव्यको रुपमा जैमिनी धामको प्रवर्धनमार्फत पर्यटक भित्र्याउने योजनामार्फत हालै जैमिनी ऋषिको विशाल मूर्ति निर्माण गरिएको छ । जैमिनी नगरपालिकाको जग्गा व्यवस्थापन तथा कालिका कन्ट्रक्सनका विक्रम पाण्डेको लगानीमा झण्डै २० लाख रुपियाँ  खर्चेर जैमिनी ऋषिको मूर्ति निर्माण गरिएको छ । कालीगण्डकी करिडोर कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सामाजिक उत्तरदायित्व अनुसार करिडोरको छेउमै रहेको जैमिनी धाममा जैमिनी ऋषिको मूर्ति निर्माण गरेको हो ।

जैमिनी नगरपालिका–१ जैमिनी धाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा जग्गा व्यवस्थापन, १०८ धारा निर्माण, ध्यान पार्क निर्माणका लागि जग्गा व्यवस्थापन लगायतको काम भइरहेको र अहिले नगरपालिका र कालिका कन्ट्रक्सनको सहकार्यमा जैमिनी ऋषिको विशाल मूर्ति निर्माण गरिएको नगरउपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । जैमिनी ऋषिले तपश्या गरेको गुफा र जैमिनी धामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचार–प्रसारको काम भइरहेको सन्र्दभमा जैमिनी ऋषि चिनाउनका लागि पहिला मूर्ति निर्माण गरिरहेकोे उहाँको भनाइ छ । उहाँले जग्गा छनोट, जग्गा व्यवस्थापन नगरपालिकाले गरेको र मूर्ति निर्माणको काम कालिका कन्ट्रक्सनले गरेको जानकारी दिनुभयो ।

मूर्ति ६ फिटभन्दा अग्लो र चार फिट चौडा रहेको छ ।  ऐतिहासिक धार्मिक स्थललाई चिनाउन मूर्तिले ठुलो भूमिका खेल्ने छ ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर कालोपत्र भएसँगै जैमिनीधामको महत्त्व बढेको र सडकबाटै देखिनेगरी मूर्ति निर्माण गरिएको हो । राजमार्गमा गुड्ने सवारीधानमा हिडेका पर्यटकहरु जैमिनी धाम दर्शनका लागि पुग्न थालेपछि पूर्वाधार निर्माणमा समेत नगरपालिकाले जोड दिएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...