एनपिएल : विराटनगरले जनकपुरलाई दियो १३६ रनको मध्यम लक्ष्य

Published on

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जितका लागि विराटनगर किङ्सले जनकपुर बोल्लट्सलाई एक सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो । 

विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाउनुभयो । बलिङमा जनकपुरका सांगीत कुरे र रुपेश सिंहल दुई दुई तथा आदित्य महताले एक विकेट लिनुभयो । विराटनगर आज लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ । 


विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंँविरुद्ध जित दर्ता गरेको थियो । यस्तै जनकपुर पहिलो जित निकाल्ने तयारीमा छ । यसअघि जनकपुर उद्घाटन खेलमा काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...