सेसेलुङ महिला गोल्डकपको खेल तालिका सार्वजनिक

Published on

काठमाडौं । कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पूजा) २०८२ को अवसर यही मङ्सर १३ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो । भानु जन माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा मङ्सिर १३ गते सिरिजङ्गा गाउँपालिका र मैवाखोला गाउँपालिकाबिच प्रतिस्पर्धा हुने चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो खेलमा १४ गते पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिका विच प्रतिस्पर्धा हुने छ ।

यस्तै, मङ्सिर १५ गते फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको टिमबिच भिडन्त हुने छ । सार्वजनिक भएको खेल तालिका अनुसार पहिलो चरणको अन्तिम खेलमा मङ्सिर १६ गते सिदिङ्वा गाउँपालिका र मेरिङदेन गाउँपालिकाबिच प्रतिस्पर्धा हुने छ । साथै मङ्सिर १७ गते हुने पहिलो सेमिफाइनलमा सिरिजङ्गा र मैवाखोलाबिचको विजेतासँग फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाबिचको विजेताले फाइनल यात्राका लागि भिड्ने छन् । फाइनल पुग्ने दोस्रो टोलीको निर्णयका लागि मङ्सिर १८ गते पाथीभरा याङवरक र आठराई त्रिबेणीबिचको खेलको विजेता तथा सिदिङ्वा र मेरिङदेनबिचको विजेता आमनेसामने हुने छन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ । चासोक तङनाम सञ्चालन समिति, कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ । गोरखापत्र

spot_img

ताजा समाचार

मादी नदी किनारमा बेवारिसे शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे...

प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन

काठमाडौं । गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद्...

कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ...

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी...