जनावरका लागि ‘फ्लाइओभर’ बनाइने

Published on

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर र रत्ननगर जोड्ने निकुञ्ज क्षेत्रको कोरिडोरमा जनावर वारपार गर्न मिल्ने गरी ‘फ्लाइओभर’ निर्माण गरिने भएको छ । नारायणगढदेखि पथलैयासम्मको राजमार्ग विस्तारका क्रममा चितवन राष्ट्रिय निकुञ्जको कोरिडोर क्षेत्रमा ‘फ्लाइओभर’ बन्न लागेको हो । सडक विस्तारका लागि धेरै वर्षदेखि तयारी भए पनि यसले पूर्णता पाएको थिएन । आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चूडाराज ढकालले नारायणगढ–हेटौँडा सडकखण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यही सडक विस्तार तथा स्तरोन्नतिका व्रmममा निकुञ्जका जनावर वारपार गर्नका लागि ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । 

“सडक विस्तारका लागि केही हप्ताभित्रै ठेक्का आह्वान गर्ने तयारीमा छौँ,” निर्देशक ढकालले भन्नुभयो, “एसियाली विकास बैङ्क (एडिबी) को सहुलियतपूर्ण ऋणमा मुख्य सडक चार लेन र बजार क्षेत्रमा सर्भिस लेनसहित आठ लेन सडक बनाइने छ ।” नारायणगढदेखि पथलैयासम्म स्तरोन्नति हुने सडकको पहिलो चरणमा गोन्द्राङसम्म करिब सात किलोमिटर निर्माण भइसकेको छ । जम्मा एक सय किलोमिटर रहेको यो सडकखण्डको बाँकी क्षेत्रमा अब नयाँ ठेक्का लगाएर निर्माण हुने निर्देशक ढकालले बताउनुभयो । यसै व्रmममा ‘फ्लाइओभर’ निर्माण आवश्यक भएकाले यसको तयारी भएको उहाँले बताउनुभयो । “नेपालका लागि यो नयाँ प्रयोग हुने छ । दुई किलोमिटर लामो आकर्षक ‘फ्लाइओभर’ निर्माणका लागि करिब सात अर्ब रुपियाँ लाग्ने अनुमान गरेका छौँ,” उहाँले बताउनुभयो । ढकालका अनुसार ‘फ्लाइओभर’ तीन÷तीन लेनको बन्ने छ । दुवैतर्फ एक÷एक लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने खालको बन्ने छ । बाँकी चार लेनमा दुई÷दुई लेनमा दुवैतर्फ सवारी ओहोरदोहोर गर्ने छन् ।  पुल निर्माणपछि नयाँ पर्यटकीय क्षेत्र बन्ने उहाँले बताउनुभयो । 

‘फ्लाइओभर’ मा माथिबाट सवारीसाधन गुड्ने छन् । त्यसको तलबाट वन्यजन्तु ओहोरदोहोर गर्ने छन् । ‘फ्लाइओभर’ वन्यजन्तुको सुरक्षाका लागि निर्माण गर्न लागिएको हो । यस क्षेत्रमा दैनिक करिब २० हजार सवारीसाधन गुड्ने गर्छन् । तीव्र रूपमा सवारीसाधन सञ्चालन हुँदा वन्यजन्तु सवारीको ठक्करबाट मर्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले सडक विस्तारका व्रmममा ‘फ्लाइओभर’ निर्माण गर्न आवश्यक पहल गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करिब दुई किलोमिटर लामो पुल बन्ने छ । पुल बन्ने सुनिश्चित नहुँदासम्म सडक विस्तारको काम हुँदैन । ‘फ्लाइओभर’ निर्माण सुनिश्चित भएकाले विस्तारको काम अगाडि बढेको हो,” उहाँले भन्नुभयो ।  

पथलैया–हेटौँडा–नारायणगढ सडक अन्तर्गत पहिलो चरणमा टिकौली जङ्गल र अर्को चरणमा अमलेखगन्ज आधाभार वनक्षेत्रमा ‘फ्लाइओभर’ बन्ने उहाँले जनाउनुभयो । यस क्षेत्रको सडक स्तरोन्नतिका लागि अहिले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तारमा एडिबीले करिब तीन अर्ब रुपियाँ अनुदान उपलब्ध गराउने समझदारी भएको आयोजना निर्देशक ढकालले जानकारी दिनुभयो । टिकौली जङ्गलमा बन्ने ‘फ्लाइओभर’ पुलले चितवनमा नयाँ पर्यटकीय क्षेत्रको विकास हुने क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी सुमन घिमिरेको भनाइ छ । चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यो पुलले नयाँ अनुभव दिनेमा आफू विश्वस्त भएको उहाँले बताउनुभयो । पर्यटनविज्ञ डा. विश्व सुवेदीले टिकौली जङ्गलमा बन्ने ‘फ्लाइओभर’ ले जनावरलाई सुरक्षित बनाउने मात्र होइन, चितवनको आर्थिक विकासमा योगदनसमेत दिने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...