भ्रष्टाचार मुद्दामा फरार प्रतिवादी सप्तरीमा पक्राउ

Published on

काठमाडौं । झुठा विवरण पेश गरी भ्रष्टाचार गरेकोे अभियोगमा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ। विशेष अदालत काठमाडौंले सजाय सुनाएपछि लुकिछिपी बसेका रुपनी गाउँपालिका–१ निवासी रामबाबु यादवलाई प्रहरीले खोजी गर्दै प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डम्बरबहादुर पुरीका अनुसार यादवलाई अदालतले भ्रष्टाचारसम्बन्धी कसुरमा १० हजार रुपैयाँ जरिवाना र छ महिनाको कैद सजाय निर्धारण गरेको थियो। फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई सोमबार पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि सप्तरी जिल्ला अदालत, राजविराजमा पेश गरिएको प्रहरीले जनाएको छ। प्रवक्ता पुरीका अनुसार अदालतको आदेश कार्यान्वयनका लागि चलाइएको अभियानकै क्रममा फरार प्रतिवादी पक्राउ परेका हुन्।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...