कपिलवस्तुका ७ हजार ६८० जना गाउँ ब्लक पीडितले पाए लालपुर्जा

Published on

काठमाडौं । लामो प्रतीक्षापछि कपिलवस्तुका ७ हजार ६८० जना गाउँ ब्लक पीडितले लालपुर्जा पाउन सफल भएका छन् । गाउँ ब्लकको २०७३ सालमा नापी भए पनि उनीहरुले यस वर्ष लालपुर्जा पाएका हुन् । नापी कार्यालय कपिलवस्तुका प्रमुख जनक भण्डारीका अनुसार कपिलवस्तुमा अहिलेसम्म ७ हनजार ६८० जना गाउँ ब्लक पीडितलाई लालपुर्जा वितरण गरिएको बताउनुभयो । जिल्लामा साबिक ८१ गाविसका १ हजार १७२ छन् । जस मध्ये १ हजार १६५ को नाप नक्सा बनाई ३ सय ९२ गाउँ ब्लकको ७ हजार ६८० लालपुर्जा वितरण भइसकेको उहाँको भनाइ छ । २०२६ सालमा नापी भएपछि बल्ल लालपुार्ज पाउन सफल भएको उहाँले बताउनुभयो ।

२०७२ सालमा गाउँ ब्लकको पुनः नापी भएको थियो । २०२६ सालमा नापी हुँदा एक नापी गर्न गाह्रो भएपछि एउटै कित्तामा छाडिएको जग्गालाई गाउँ ब्लकका रुपमा राखिएको थियो । नापी कार्यालयका प्रमुख भण्डारीले जिल्लाको गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न जिल्लामा ५वटा टोली परिचालन गरिएको बताउनुभयो । उहाँले २०६५ सालदेखि नै नापी गरी लालपुर्जा वितरणको काम जारी रहेको बताउनुभयो । यसैबिच कपिलवस्तुको महाराजगञ्ज नगरपालिका १ का ६ सय २५ गाउँ ब्लक पीडितहरूलाई नगरपालिकाको सभा हलमा लालपुर्जा वितरण गरिएको छ । नगर प्रमुख अब्दुल कलाम, प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रेग्मी नापी कार्यालयका प्रमुख जनक भण्डारी र वडा नम्बर १ का वडाध्यक्ष प्रमोदकुमार चौधरीले लालपुर्जा हस्तान्तरण गरेका थिए ।   

जग्गाधनीको प्रमाणपत्र पाएपछि वर्षौंदेखि जोतभोग गर्दै आएका जग्गाधनीहरुले बल्ल आफूहरु जग्गाको मालिक भएको महसुस गरेको बताएका थिए । प्रमाणपत्र पाएपछि बल्ल जग्गाको मालिक महसुस भएको लालपुर्जा पाएकाहरुको भनाइ छ । जग्गाधनीको प्रमणपत्र पाएका महाराजगञ्ज नगरपालिका वडा नम्बर १ का ७० वर्षीय वकील मनिहरले आफ्नै जीवनकालमा लालपुर्जा पाएकोमा धेरे खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अब बल्ल जग्गाको वास्तविक मालिक भएको अनुभूति भएको छ ।’ गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...