कमाउन गएको छोरा दलालको फन्दामा परेपछि…

Published on

काठमाडौं । वैदेशिक रोजगारीमा जाँदा दलालको फन्दामा परेर अलपत्र परेका बैतडीका एक युवाको मालदिभ्सबाट सकुशल उद्धार भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी र वैदेशिक रोजगार विभागको पहलमा अलपत्र युवाको सकुशल उद्धार भएको हो । दशरथचन्द नगरपालिका–१०, बाराकोटका शङ्करसिंह बिष्टलाई दालले चार लाख रुपियाँ ठगी गरेर मेलेसिया पठाउने भन्दै मालदिभ्स पठाएपछि उहाँकी वृद्ध आमा बिस्नादेवी बिष्टले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको थियो ।

छोराको सकुशल उद्धार गरिदिन वृद्ध आमा रुदै प्रशासनमा आईपुगेपछि वैदेशिक रोजगार विभागमा पत्राचार गरेको करिब एक महिनापछि सकुशल उद्धार गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “दालाले युवालाई मलेसिया पठाउने भन्दै मालदिभ्सको पीआई एलटिडि नामको कम्पनीमा पुर्‍याएर दुई पासपोर्टसमेत थुतेर महिनासम्म बन्दक बनाइ राखेको भन्ने व्यहोराको उजुरी आयो । उजुरीको व्यहोरा वैदेशिक रोजगार विभागमा लेखी पठायौं । युवाको उद्धार गर्न वैदेशिक रोजगार विभाग र कन्सुलर विभागका महानिर्देशक दुरपदा सापकोटाले महत्त्वपूर्ण सयोग गरेर युवाको दुई दिन अघि उद्धार गरि काठमाडौँ ल्याइएको छ ।”

छोराको उद्धार भएको खबर सुनेपछि वृद्ध आमा र उहाँकी दिदी प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिन बुधबार जिल्ला प्रशासन कार्यालय पुग्नु भएको छ । खुसीका आँसु झार्दै वृद्ध बिस्नादेवी बिष्टले छोरालाई सकुशल स्वदेश फर्काउन सहयोग गर्ने नेपाल सरकारका सबै निकायलाई धन्यवाद दिनुभयो । छोरालाई वैदेशिक रोजगारमा पठाउँदा आठ लाख रुपियाँ ऋणमा डुबेको उहाँले पीडा बताउनुभयो । छोरा बाँचेर फर्केकोमा खुसी व्यक्त गर्नुहुँदै उहाँले ऋण त दुःखसुख गरेर पनि तिर्न सकिने बताउनुभयो । पछिल्लो समय वैदेशिक रोजगारीमा ठगी हुने गरेका घटना बढेकाले वैदेशिक रोजागारीमा जाने युवाहरु सचेत बन्नु पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । स्वदेशमा कुनै रोजगारी नहुँदा पछिल्लो समय बैतडीबाट वैदेशिक रोजगारीमा जान राहदानी बनाउने युवाको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा बैतडीका करिब दुई हजार युवाले राहदानी बनाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म थप ६२८ जनाले राहदानी बनाएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...