काठमाडौं । जाजरकोटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार दुई सय १० मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जाजरकोटका कम्प्यूटर अपरेटर नवीन कुमार कठायतले बायोमेट्रिकबाट एक हजार एक सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ८६ जना मतदाता थपिएका जानकारी दिनुभयो । सात वटा स्थानीय तह रहेको जाजरकोटमा राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ८६ जना भए पनि १० जनाले स्थायी ठेगाना फरक राखेर गरेको र प्रमाण नपुगेपछि रद्द गरिएकोे समेत अपरेटर कठायतले जानकारी दिनुभयो । गोरखापत्र

