बैतडीमा मतगणना सुरु

Published on

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बैतडी जिल्लाको मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जिल्ला अदालतको भवनमा सुरु गरिएको हो । सिगास गाउँपालिकाको लेकलुपुण माध्यमिक विद्यालय ‘क’ को बुथ केन्द्रबाट मतगणना सुरु गरिएको छ । जसमा ‘क’ र ‘ख’ गरी जम्मा ५५३ मत खसेको थियो । मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले दिउँसो १ बजेदेखि मतगणना सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्वदलीय बैठकको सहमतिअनुसार जिल्लामा वडागत रूपमा मतगणना प्रक्रिया अघि बढाइएको छ । बिहीबार सम्पन्न मतदानमा बैतडीमा ४६.७८ प्रतिशत मत खसेको छ । कुल ७१ हजार १४८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेका छन् । साथै २ हजार ७० जना अस्थायी मतदाता रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...